बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १६ पुग्यो

लोकपथ
195
Shares

बारा । बारामा बिहीवार बिहान भएको बस दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १६ पुगेको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका २२ स्थित तीन नम्बर पुल नजिकै यात्रुवाहक बस पल्टिएको हो ।

बिहीवार बिहान हेटौंडाबाट पथलैया आउँदै गरेको बा.प्र.०६००१ ख ०११० नम्बरको बस खोलामा झरेको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा १० पुरुष र ६ महिला छन् । मृतकको सनाखत हुन बाँकी छ । गम्भीर घाइते अवस्थामा रहेका २० जनाको उपचार भइरहेको छ ।

५१ जना बोकेर चितवनको नारायणगढबाट बाराको पथलैयातर्फ गइरहेको बस ओरालो सडकमा दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एवं एसपी बामदेव क्षेत्रीका अनुसार चितवन पठाइएका एक घाइते र चुरेहिल अस्पतालमा उपचारका क्रममा थप एक घाइतेको मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?