काठमाडौं उपत्यकामा आज दिनभर वर्षा हुने

लोकपथ
78
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा आज दिनभर वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षाका कारण दसैँमा टीका थाप्न मान्यजनकहाँ जान तथा मानिसलाई आवतजावतमा निकै कठिनाइ भइरहेको छ ।

रातिदेखि काठमाडौं उपत्यकामा पानी परिरहेको छ । उपत्यकामा गएको २४ घण्टामा २२ दशमलब ४ एमएम पानी परेको छ । मौसमविद् मञ्जु बासीका अनुसार आज दिनभर पानी पर्नेछ ।

‘काठमाडौं उपत्यकामा आज दिनभर लगातार मध्यम खालको वर्षा हुन्छ,’ उनले भने ‘३/४ बजेतिर पानी केही कम भएपनि दिनभरी नै पानी पर्नेछ ।’ काठमाडौँ उपत्यकामा शनिवार विहानदेखि मात्र वर्षा कम हुँदै जानेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?