१६ मङ्सिर २०७९, शुक्रवार

मौसम : पूर्वमा हल्का र पश्चिममा भारी वर्षा

२०७९,आश्विन,२०,बिहीवार १५:०३

126
Shares

काठमाडौं । आज देशको पूर्वी भेगमा हल्का र पश्चिममा भारी वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र लुम्बिनीमा भारी वर्षा भइरहेको छ । पाल्पामा सबैभन्दा बढी १४३ मिलिलिटर वर्षा भएको छ ।

त्यसपछि लुम्बिनीको रुपन्देहीमा ११९ मिलिलिटर वर्षा भएको छ । मौसमविद् मञ्जु बासीका अनुसार आज गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा भइरहेको छ । बागमती र अन्य प्रदेशमा मध्यम तथा हल्का वर्षा भइरहेको छ ।

‘देशभर पानी परेको छ, मौसममा बदली भएको छ, पश्चिममा भारी वर्षा भइरहेको छ’, उनले भने, ‘पूर्वमा शनिबार बिहानसम्म पानी पर्छ, दिउँसोदेखि विस्तारै आकास खुल्दै जान्छ, पश्चिममा आइतवारदेखि मौसम विस्तारै खुल्दै जानेछ ।’

महाशाखाका अनुसार हाल नेपालमा दक्षिण पश्चिम बङ्गालको खाडी र आन्ध्र प्रदेश आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव छ । देशभर सामान्यदेखि पूर्ण बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ । बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

त्यस्तै, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही तथा गण्डकी प्रदेशका थोरै, बागमती प्रदेश, मधेश प्रदेश र प्रदेश नं १ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

प्रकाशित मिति: २०७९,आश्विन,२०,बिहीवार १५:०३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालमा हाल प्रसारण भईरहेको विश्व कपमा इन्टरनेट पार्टनरको रुपमा डिशहोम फाईवरनेट पनि आवद्ध भएको छ । उच्च गति

काठमाडौं । नेपाल टेलिकमले मंसीर ८ गतेदेखि ग्राहकहरुको रुचि र मागलाई ध्यानमा राख्दै मु्लुकभरका सम्पूर्ण दूरसञ्चार कार्यालयहरुबाट ई–सिम वितरण गरिरहेको

काठमाडौं । उपत्यका विकास प्राधिकरणले सरकारी, पर्ति, ऐलानी तथा खोलाको मापदण्ड बमोजिमका जग्गालाई अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना ३५

काठमाडौं । आगामी पुसमा बुटवलमा औद्योगिक प्रदर्शनी हुने भएको छ । रुपन्देही उद्योग सङ्घ बुटवल, नेपाल उद्योग परिसङ्घ र नेपाल

ताजा समाचार

स्याङ्जा–२ मा अग्रता बढाउँदै धनराज
 २०७९,मङ्सिर,१५,बिहीवार २०:३४