नोबेल पुरस्कार तीन वैज्ञानिकलाई संयुक्त प्रदान गरिने

लोकपथ
91
Shares

काठमाडौं । यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकहरु क्यारोलिन बर्टोजी, मोर्टन मेल्डल र ब्यारी शार्पलेशलाई संयुक्त रुपमा प्रदान गरिने भएको छ ।

क्लिक केमिस्ट्रीसमेत भनिने अणुहरूको समूहलाई काँटछाँट गर्ने कामका लागि तीन वैज्ञानिकलाई उक्त पुरस्कार दिइने भएको नोबेल समितिले जनाएको छ । तीनजना विजेताले एक करोड स्विडिश क्रोना अर्थात् ८ लाख पाउन्ड बराबरको पुरस्कार रकम बाँडेर लिनेछन् ।

पुरस्कृतमध्ये ८१ वर्षीय शार्पलेसले नोबेल पुरस्कार पाएको यो दोस्रो पटक हो । यसअघि उनले सन् २००१ मा नोबेल पुरस्कार पाएका थिए । गत वर्षको रसायनतर्फको नोबेल पुरस्कार दुईजना वैज्ञानिकलाई संयुक्त रूपमा प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?