१४ चैत्र २०७९, मंगलवार

समानुपातिकको आधा मतपत्र छापियो

२०७४,कार्तिक,१,बुधबार ०१:११

0
Shares

काठमाडौं, १ कात्तिक -आगामी १० र २१ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतपत्र छपाइ कार्य तीव्र बनाएको छ । आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअनुरूप जनक शिक्षा सामग्रीमार्फत समानुपातिक निर्वाचनको मतपत्र छापिरहेको छ । आयोगका प्रवक्ता नवराज ढकालले मंगलबारसम्ममा ८० लाख मतपत्र छापिसकेको जानकारी दिए , राजधानी दैनिकमा खबर छ ।प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा भाग लिन समानुपातिक निर्वाचन प्रणालीतर्फ ४९ वटा राजनीतिक दलहरूले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारहरूको बन्दसूची बुझाएको छ । यसअघि ८८ वटा दलहरूले निर्वाचनमा भाग लिनेगरी आयोगमा निवेदन दिएको थियो । आयोगले प्रत्येक दललाई निर्वाचन चिह्नसमेत दिइसकेको छ ।तर समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने बेला गत २९ असोजमा ४९ वटा दलहरूले मात्रै सूची बुझाएका थिए । निर्वाचन आयोगले भने ८८ वटै दलहरूका लागि चुनाव चिह्नसहित समानुपातिक निर्वाचन प्रणालीको मतपत्र छपाइ कार्य गरिरहेको छ ।‘अब ३९ दलको चुनाव चिह्न मात्रै हुने भयो, उम्मेदवार नहुने भयो,’ आयोगका प्रवक्ता ढकालले भने, ‘किनभने हामीले पहिल्यै ८८ वटै दलका लागि हुने गरी मतपत्र छपाइ सुरु गरेका थियौं ।आयोगले गत १७ असोजदेखि नै मतपत्र छपाइ सुरु गरेको हो । आयोगले मतपत्र छपाइका लागि जनक शिक्षा सामग्री भक्तपुरलाई जिम्मा दिएको छ । आयोगले समानुपातिक निर्वाचनका लागि १ करोड ७४ लाख मतपत्र छाप्नेछ ।

प्रकाशित मिति: २०७४,कार्तिक,१,बुधबार ०१:११

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६