कतार विश्वकप सुरक्षामा टर्कीले प्रहरी पठाउने

लोकपथ
143
Shares

काठमाडौं । कतारमा हुन गईरहेको विश्व कप फुटबलको सुरक्षा सहयोग गर्नका लागि टर्कीले आफनो प्रहरी पठाउने भएको छ । टर्कीको संसदले सो सम्बन्धी कानुन बुधवार पास गरेसँगै कतार विश्वकपको सुरक्षा जिम्मा टर्कीले पनि पाउन लागेको हो ।

टर्कीले आफ्नो प्रहरी कतार पठाउने विषयमा संसदमा शनिवार प्रस्ताव ल्याएको र सो सम्बन्धी प्रस्ताव बुधवार पारित भएलगत्तै टर्की प्रहरीलाई कतार विश्वकपमा सुरक्षा गर्ने कानुनी वाटो खुलेको हो ।

कतारले टर्कीसँग सुरक्षा सहयोगका लागि अनुरोध गरेको थियो र सो लगत्तै कतारमा हुने विश्वकप फुटबलमा सहयोगका लागि टर्कीले प्रहरी पठाउने कानुन पारित भएको जानकारी दिएको छ ।

उक्त प्रस्ताव अनुसार टर्कीले कतारमा छ महिनासम्मका लागि प्रहरी पठाउने छ । टर्कीले कतारमा के कतिजना सेना पठाउने भन्ने बारेमा भने केही पनि बताइएको छैन । कानुन पारित भएलगत्तै कतार विश्वकपको जिम्मेवारी लिनका लागि टर्की प्रहरीले तयारी सुरु गरेको छ । कतार विश्वकप आगामी मंसिर ४ देखि सुरु हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?