बस दुर्घटना अपडेट : मृतकको संख्या १४ पुग्यो

लोकपथ
312
Shares

बारा । बारामा यात्रुवाहक बस दुर्घटना हुँदा १४ जनाको ज्यान गएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका २२ स्थित तीन नम्बर पुल नजिकै यात्रुवाहक बस पल्टिएको हो ।

बिहीवार बिहान हेटौंडाबाट पथलैया आउँदै गरेको बा.प्र.०६००१ ख ०११० नम्बरको बस खोलामा झरेको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा ९ जना पुरुष र ५ जना महिला छन् । मृतकको सनाखत भइरहेको छ ।

गम्भीर घाइते अवस्थामा रहेका १८ जनाको उपचार भइरहेको छ । ५१ जना बोकेर चितवनको नारायणगढबाट बाराको पथलैयातर्फ गइरहेको बस ओरालो सडकमा दुर्घटनामा परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?