कोइराला समूहले बाेलायो भेला

लोकपथ
156
Shares

काठमाडौं । नेपाली कांग्रेस भित्र सिट बाँडफाँटमा असन्तुष्ट रहेकाे शेखर कोइराला समूहको भेला दिउँसो २ बजे बस्ने भएको छ ।

काठमाडौंको अनुपम फूडल्यान्डमा बस्ने भेलाले संस्थापन पक्षले कोइराला समूहसँग गरिरहेको विभेदका बारेमा छलफल हुने कोइराला समूहका नेता भुपेन्द्रजंग शाहीले जानकारी दिए ।

आगमी ४ मंसिरका लागि हुन गईरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि कांग्रेस संस्थापन पक्षले एकलौटी गरेको भन्दै त्यसको विरोधमा कोइराला समुहले केन्द्रीय कार्यालय सानेपा घेर्नेदेखि अलग भेला गर्दै आएका छन ।

समानुपातिक बन्द सूचीमा एकलौटी गरेको भन्दै विरोध गरे पछि संस्थापन पक्षले नामावली सच्याउने काम गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?