बस दुर्घटना अपडेट : १० जनाको मृत्यु

लोकपथ
390
Shares

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका २२ स्थित तीन नम्बर पूल नजिकै यात्रुवाहक बस पल्टिदा कम्तिमा १० जनाको मृत्यु भएको छ । हेटौंडाबाट पथलैया आउँदै गरेको बा.प्र ०६–००१ ख ०११० नम्बरको बस खोलामा झरेको हो ।

बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले हाल सम्ममा १० जनाको मृत्यु भएको खबर प्रहरीबाट प्राप्त भएको जानकारी दिए । घाइतेहरुको उद्धारको कार्य जारी छ, घाइतेको उद्धार गरी हेटौंडा अस्पताल र सिमरास्थित अल्पाइन अस्पतालमा उपचारका लागि पठाउने कार्य भइरहेको उनले बताए ।

सो दुर्घटनामा २५ जना घाइते भएका छन् । दुर्घटनाको थप विवरण भने अझै आउन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?