बारा बस दुर्घटना : ८ जनाको मृत्यु

लोकपथ
117
Shares

मकवानपुर । बारामा यात्रुबहाक बस दुर्घटनामा परेको छ । बाराको अमलेखगञ्जमा बिहीवार बिहान भएको बस दुर्घटनामा परी ८ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बिहान करिब ११ बजे भएको सो दुर्घटनामा २५ जना घाइते भएका छन् । घाइतेको उद्धार गरी हेटौंडा अस्पताल र सिमरास्थित अल्पाइन अस्पतालमा उपचारका लागि पठाइएको छ ।

नारायणघाटबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६–००१ ख ०११० नम्बरको बस जीतपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जस्थित ३ नम्बर पुलमा दुर्घटना भएको हो । बस सडकबाट तल खोलामा खसेको हो । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार दुर्घटना लगत्तै प्रहरी टोली उद्धारमा खटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?