मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

लोकपथ
169
Shares

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–११, अमरबस्तीमा बुधवार राति मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

पुनर्वासबाट डोकेबजारतर्फ जाँदै गरेको से७प ४७६५ नम्बरको मोटरसाइकल राति ११ बजे अनियन्त्रित भइ सडक छेउको बिजुलीको पोलमा ठोक्किएर पल्टिएको प्रहरी चौकी पराशन कञ्चनपुरले जनाएको छ ।

सो दुर्घटनामा मोटरसाइकल चालक कैलालीको धनगढी उपमहानगरपालिका–३, चटकपुरका २३ वर्षीय गुड्डु राना र मोटरसाइकलमा पछाडी सवार कञ्चनपुरको पुनर्वास नगरपालिका–१० का २२ वर्षीय विशाल रानाको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?