सन्दीप लामिछाने चढेको विमान अवतरण

लोकपथ
260
Shares

काठमाडौं । बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने नेपाल आइपुगेका छन् । लामिछाने चढेको कतार एअरवेजको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

खराब मौसमका कारण कतार एअरवेजको क्यूआर ६४८ नम्बरको विमान आधा घण्टा ढिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । उनलाई त्रिभुवन विमानस्थलबाटै नेपाल प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ ।

वर्षाको कारण ९ बजेर ४६ मिनेटमा काठमाडौं अवतरण गर्नुपर्ने विमान अवतरण हुन नसकेपछि आकाशमा फन्को लगाएर बसेको थियो । सन्दीपले फेसबुकमार्फत आज १० बजे कतार एअरवेजको विमानबाट नेपाल आइपुगेर प्रहरीसमक्ष आत्मसमर्पण गर्ने बताएका थिए ।

सोही अनुसार विमानस्थलमा प्रहरीको टोली पुगेका छन् । आफूलाई निर्दोष प्रमाणित गर्न कानूनी लडाइँ लड्ने उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?