आमचुनावका लागि लमजुङमा चहलपहल बढ्यो

लोकपथ
117
Shares

लमजुङ । प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको लमजुङमा उम्मेदवारका आकांक्षी धेरै छन् । विशेषगरी नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रमा प्रत्यक्षतर्फ धेरै आकांक्षी छन् ।

मुख्य तीन दलले ३२ जनाको नाम सिफारिस गरेका छन् । प्रत्यक्षमा सिफारिस गर्दा महिला र पुरुषको अनुपात मिलाउन केन्द्रले भने पनि धेरैजसो पुरुष मात्र सिफारिसमा परेका छन् । नेकपा माओवादी केन्द्रले मात्र एक जना महिलालाई प्रत्यक्षतर्फ सिफारिस गरेको छ ।

समानुपातिकमा भने जिल्लाबाट ६३ जनाभन्दा बढी उम्मेदवारको नाम सिफारिस भएको छ । जसमा अधिकांश महिला छन् । जिल्लाबाट सिफारिसमा परेकाहरु टिकटका लागि शीर्ष नेता रिझाउन राजधानी धाउन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?