हेर्नुहोस् आजको टप फिप्टिन हेडलाइन्स (भिडियोसहित)

लोकपथ
182
Shares

१. नवरात्रको आज नवौं तथा अन्तिम दिन, दुर्गाको नवौं स्वरुप सिद्धिदात्री देवीको पूजाआराधना गरि मनाइयो, नवदुर्गाको प्रतिकको रुपमा नौ कन्याहरूको पूजाआराधना

२. राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा महानवमीमा नव दुर्गादेवीको पूजा आराधाना, नौं जना कन्याहरुलाई दक्षिणसहित टीका लगाएर खिचाइन तस्बिर
नव दुर्गादेवीको पूजा आराधाना

३. सङ्खुवासभाको खाँदबारीको सभाखोलामा नुहाउन गएका बाबु९छोरा बेपत्ता, जिप र कपडा खोला किनारमा भेटियो, बेपत्ता तारानाथ काफ्ले र उनका छोरा सनमको खोजी कार्य जारी

४. बिरामीको मृत्यु भएपछि चितवन मेडिकल कलेजमा तोडफोड, १३ जना पक्राउ, चिकित्सकको लापहरबाहीले ज्यान गएको भन्दै छानबिनको माग

५. डेङ्गुका कारण साउनयता नेपालमा ज्यान गुमाउनेको संख्या ४१ पुग्यो, ३१ हजार भन्दा धेरैमा संक्रमण पुष्टि, पानी परिरहेकाले डेङ्गु अझै फैलिन सक्ने जोखिम रहेकाले सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

६. दसैंमा १७ लाख सर्वसाधरण काठमाडौं उपत्यका छाडेसँगै सुनसान बने काठमाडौंका सडक, शक्तिपीठहरुमा भने भक्तजनहरुको घुइँचो

७. वर्षमा एक पटकमात्रै खुल्ने तलेजु भवानी मन्दिर सर्वसाधारणका लागि आज खुला, बिहानैदेखि भक्तजनहरुको भिड

८. बजेट पारित नहुँदा सर्लाहीको हरिपूर्वा नगरपालिका र विष्णु गाउँपालिकाका शिक्षक र कर्मचारीको पाएनन् तलब, चाडपर्वको समयमा तलब भत्ता नपाएको भन्दै शिक्षक र कर्मचारी रुष्ट

९.दसैंको घटस्थापनादेखी आजसम्म १ हजार ३ सय ८० जना परे मापसेको कारवाहीमा, यो एक सातामा २०० सवारी दुर्घटना, ६ जनाको मृत्यु , ४ जना गम्भिर घाइते

१०. वर्षामय बन्दै दसैँ, दसैँको टीकाको दिन देशभर सामान्यदेखि पूर्ण बदली रहने, प्रदेश १, वागमती , गण्डकी र लुम्बिनी प्रदेशमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

११. गत भदौ ९ गतेदेखि बेपत्ता भएकी उदयपुरको त्रियुगा नगरपालिका–२ खैजनपुरकी वडा सदस्य छत्रकुमारी थापाको भेटियो शव, ३८ दिनपछि सामुदायिक वनको एउटा रूखमा झुण्डिएको अवस्थामा शव फेला

१२. भारतको उत्तराखण्डमा हिम पहिरो जाँदा २ जनाको मृत्यु, २८ जना बेपत्ता, हराइरहेका २८ प्रशिक्षार्थीहरुको खोजी कार्य जारी

१३. उत्तर कोरियाद्वारा जापानमाथि मिसाइल प्रहार, मिसाइल प्रहार भएको क्षेत्रका केही रेल सेवा तत्कालका लागि स्थगित, उक्त क्षेत्रका मानिसलाई सुरक्षित स्थानमा जान निर्देशन

१४. युईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत आज राति बार्सिलोनाले इन्टर मिलानको सामना गर्दै, दुवै टोली एक अर्कालाई हराएर अंक तालिका सुधार्ने दाउमा मैदान उत्रदै

१५ र, इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले जनवरी ट्रान्सफरमा क्लब छाड्न सक्ने, मुख्य प्रशिक्षक एरिक टेन हागले क्लब छाड्न चाहेका रोनाल्डोलाई नरोक्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?