राष्ट्रपति भण्डारीद्वारा नवदूर्गादेवीको पूजाआराधना

लोकपथ
156
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बडा दशैंको नवौं दिन महानवमीमा नव दुर्गादेवीको पूजा आराधाना गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले शीतल निवासमा बोलाएर वैदिक विधि अनुसार नेपाल बाल मन्दिरमा नौं जना कन्याहरुलाई दक्षिणसहित टीका लगाएर नव दूर्गादेवीको पूजा आराधना गरेकी हुन् । यसैक्रममा उनले ती कन्याहरुलाई लत्ताकपडा समेत उपहार दिएकी थिइन् ।

कन्याहरुलाई दुबोले गोडा धुनेक्रममा राष्ट्रपति भण्डारीले बेलुका सुत्नुअघि सधैं खुट्टा धोएर सुत्नु पनि आग्रह गरेकी थिइन् । त्यस अवसरमा ‘रातो टीका निधारमा…’ र ‘फेरी कहाँ आउँछ घुमेर बालपनको उमेर’ बोलको गीतमा कन्याहरुले सामूहिक नृत्य प्रस्तुत गरेका थिए भने राष्ट्रपति भण्डारीले त्यसलाई रुचिपूर्वक अवलोकन गरेकी थिइन् ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले ती कन्याहरुसँग सामूहिक तस्वीर समेत खिचाएकी थिइन् । उनले गत वर्ष पनि वडा दशैंको महानवमीको दिन नौं जना कन्याहरुलाई बोलाएर नव दुर्गा देवीको पूजा आराधना गरेकी थिइन् । भोली (बुधबार) बडा दशैंको दशौं दिन विजया दशमी पर्व मनाईदैछ । यस बर्ष बडा दशैंको टीकाको साईत बिहान ११ बजेर ५१ मिनेटमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?