१५ मङ्सिर २०७९, बिहीवार

प्रहरी महानिरीक्षक सिंहले गरे मौलो पूजा

२०७९,आश्विन,१८,मंगलवार ११:४४

225
Shares

काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले बडा दसैंका अवसरमा मंगलबार प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गरेका छन् ।

नेपाल प्रहरीले परम्परागत रूपमा गर्दै आएको उक्त पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक सिंहले बली पूजा गर्नुको साथै निसानमा पञ्जा छापसमेत लगाए । साथै
प्रहरी महानिरीक्षक सिंहले मौलोपूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी नायव निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी सहायक हवल्दार राम कुमार कार्कीलाई नगद पुरस्कार प्रदान गरे ।

सो अवसरमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृतहरूले मौलो परिक्रमा
गरेका थिए । पूजा बिसर्जनपछि मूलकोत हनुमानढोकाको लागि निशान प्रस्थान गराइएको थियो । उक्त अवसरमा पुजारीबाट टीका तथा प्रसाद ग्रहण समेत गरिएको थियो ।

नेपाल प्रहरीको निशान नेपाली सेनाको रामदल पल्टनबाट आएको हो । जसमा दुई वटा निशान रहेका हुन्छन् । मूख्य निशानमा सूर्य र चन्द्रको बिचमा राम धनुष चिन्ह अंकित भएको हुन्छ भने सहायक निशानमा सूर्य र चन्द्र चिन्ह अंकित हुन्छ । नेपाल प्रहरीलाई राष्ट्र र नागरिकको शान्ति सुरक्षाका साथै अमन चयन कायम राख्‍ने जस्तो संवेदनशील एवं महत्वपूर्ण कार्यमा सफलता प्राप्तिका लागि शक्तिपिठ र ईष्‍ट देवताको प्रतीकका रुपमा निशान झण्डालाई लिईन्छ । संगठनको कार्य सम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस् र सम्पूर्ण कार्यमा सफलता प्राप्‍त होस् भनि निशान झण्डालाई पूजा गर्ने परम्परा रही आएको छ ।

नेपाल प्रहरीले बिक्रम सम्बत २०११ सालमा निशान झण्डा प्राप्‍त गरेपश्चात हरेक वर्ष बडा दसैं र चैते दसैंमा निरन्तररूपमा मौलो पूजा गर्दै आएको छ । साथै, देशभरका विभिन्न प्रहरी कार्यालयहरूमा रहेका मौलोमा मौलो पूजा गर्ने परम्परा रही आएअनुरूप आजै सम्पूर्ण प्रहरी इकाईहरूमासमेत विधिवत रूपमा मौलो पूजा सम्पन्न गरिएको छ ।

प्रकाशित मिति: २०७९,आश्विन,१८,मंगलवार ११:४४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सूदुरपश्चिम प्रदेशको बझाङमा बीमा सचेतना सम्बन्धी विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । बीमा

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले पूर्वसहकर्मीहरुसँगको तस्वीर सार्वजनिक गरेकी छिन् । पूर्वमन्त्री समेत रहेकी झाँक्रीले एमाले नेताहरु

कैलाली । कैलाली क्षेत्र नम्बर ४ मा २५ हजार १ सय २५ मत गन्दा नेकपा (एमाले) का लेखराज भट्टले अग्रता

काठमाडौं । नेकपा एमालेका प्रदेशसभा उम्मेदवार नै पैसा बाँडेको आरोपमा पक्राउ परेपछि प्रहरी प्रभाग बुढानिलकण्ठमा तनाव उत्पन्न भएको छ ।

ताजा समाचार

स्याङ्जा–२ मा अग्रता बढाउँदै धनराज
 २०७९,मङ्सिर,१५,बिहीवार २०:३४