हेर्नुहोस् आजका टप १५ हेडलाइन्स (भिडियोसहित)

लोकपथ
299
Shares

१. आज नवरात्रको आठौँ दिन महागौरीको उपासना गरी महाअष्टमी मनाइयो, देशभरका शक्तिपिठहरूमा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरियो ।

२. प्रतिनिधिसभा चुनाव नलड्ने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको घोषणा, निर्वाचनमा आफू उम्मेदवार नबन्ने भन्दै सामाजिक संजालमार्फत गराए जानकारी ।

३. देशमा संक्रमणकालीन अवस्था अझै कायम रहेको भन्दै व्यवस्थामाथि अहिले पनि संकट रहेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको भनाइ, देशलाई उल्टो बाटोमा लैजाने प्रवृतिलाई निरुत्साहित गर्न सबैमा गरे आग्रह ।

४. काठमाडौंबाट झापाको दमक जाँदै गरेको रात्रि बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ३६ जना घाइते, हेटौंडाको चुरीयामाइमा भएको दुर्घटनामा घाइत भएकामध्ये ३० जना उपचारपछि घर फर्किए ।

५. बडादशैंको आठौं दिन आज बेलुका नेवार समुदायले कुछी भ्वय खाएर महाअष्टमी पर्व मनाउँदै, विशेष गरेर महाअष्टमीको दिन नेवार समुदायमा केराको पातमा भोज खाने चलन ।

६. निर्वाचन आयोगले निर्धारण गर्यो प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारले गर्न पाउने खर्चको सिमा, दलहरूसँगको परामर्श अनुसार निर्वाचन

७. गत वर्षभन्दा झन्डै दोब्बर यत्रुले यसपटकको दसैंमा छाडे काठमाडौं उपत्यका, असोज महिनाको सुरुदेखि अहिलेसम्म १७ लाखले उपत्यका छाडेको ट्राफिक प्रहरीको अनुमान ।

८.आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि स्वदेशी र विदेशी गरी करिब २० हजार पर्यवेक्षक परिचालित हुने, सहरी र सुविधासम्पन्न क्षेत्रमा मात्र नभई दूरदराजका मतदानस्थलमा पनि पर्यवेक्षण गराउने तयारी

९.नेकपा माओवादी केन्द्रको समानुपातिक बन्दसूचीबाट उपाध्यक्ष कृष्णबहादुर महराको नाम हटाइयो, महराको नाम हटाएर हितराज पाण्डेको नाम थपियो

१०. कोभिडपछि कम्पनी दर्ता गर्ने क्रम बढ्दै, एक वर्षमा मात्र २९ हजार कम्पनी थपिए, सरकारले ल्याएका छूट तथा सहुलियत पाउन कम्पनी दर्ता अनिवार्य भएसँगै संख्या बढेको सरकारको भनाई ।

११. उत्तरी गोरखाको मनास्लु हिमालको आधार शिविरमा आज पुनः हिमपहिरो जाँदा एकजनाको मृत्यु, हिमपहिरामा परेका चारमध्ये तीनजना भने तत्काल उद्धार

१२. इरानमा हिजाबविरुद्ध चलिरहेको विरोध प्रदर्शनका क्रममा सुरक्षाकर्मी र विद्यार्थीबीच झडप, केहिदिन यता इरानको राजधानी तेहरानलगायत क्षेत्रमा विरोध प्रदर्शन जारी रहँदा देशभर सयबढी मानीसको मृत्यु भएको आकलन ।

१३. ब्राजिलमा राष्ट्रपति चुनावको दोस्रो चरणमा पूर्वराष्ट्रपति लुईज इनासिओ लुला डा सिल्भा र वर्तमान राष्ट्रपति जायर बोल्सोनारोबीच प्रतिस्पर्धा हुने, आइतबार भएको पहिलो चरणको चुनावमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको चुनाव हुँदै ।
ब्राजिलमा राष्ट्रपतिको चुनाव

१४. घरेलु टोली पाकिस्तानलाई हराउँदै टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज इंग्ल्यान्डका कब्जामा, ७ खेलको सिरिजमा ३ खेल पाकिस्तान र ४ खेलमा इंग्ल्यान्डको जित ।

१५. १० खेलाडीमा सीमित रहेको ओसासुनासँग १–१ गोलको बराबरी खेल्दै स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले बाँड्यो अंक, बराबरीसँगै रियल १९ अंकसहित दोस्रो र ओसासुना छैटौं स्थानमा कायम ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?