२१ मङ्सिर २०७९, बुधबार

युनाइटेडमाथि सिटीको सानदार जित

२०७९,आश्विन,१७,सोमवार ०९:५०

198
Shares

काठमाडौं । एर्लिङ हाल्यान्ड र फिल फोडिनको ह्याट्रिकप्रेरित म्यानचेस्टर सिटीले आइतबार इङलिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई ६-३ ले हराएको छ । जितसंगै सिटीले शीर्षस्थानको आर्सनलसंग दूरी घटाएको छ ।

खेलको आठौ मिनेटमा फिल फोडिनको गोलमा सिटीले अग्रता लिएको थियो । ३४औं मिनेटमा हाल्यान्डको गोलमा सिटीले अग्रता दोब्बर पारे । त्यसको तीन मिनेटपछि हाल्यान्डले सिटीका लागि तेस्रो गोल गरेका थिए । पहिलो हाफ सकिन एक मिनेट बाँकी रहँदा हाल्यान्डको पासमा फोडिनले व्यत्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता ४–० मा पुर्याएका थिए ।

५६औं मिनेटमा एन्टोनी सान्तोसले गरेको गोलमा युनाइटेडले गोलअन्तर ४(१ मा झारे । ६४औं मिनेटमा हाल्यान्डले ह्याट्रिक पूरा गर्दै सिटीको अग्रता ५-१ मा पुर्याएका थिए । ७३औं मिनेटमा फोडिनको ह्याट्रिक गरे । ८४औं मिनेटमा एन्थानी मार्सियालले युनाइटेडका लागि दोस्रो गोल गरेका थिए । इन्जुरी समयको पहिलो मिनेटमा मार्सियालले पेनाल्टीमा गोल गर्दै खेल ६३ को स्थितीमा पुर्याएका थिए ।

सिटी आठ खेलमा २० अंकसहित दोस्रो स्थानमा छ । जुन शीर्ष स्थानको आर्सनल भन्दा एक अंक कम हो । युनाइटेड भने सात खेलमा १२ अंकसहित छैटौं स्थानमा छ ।

 

प्रकाशित मिति: २०७९,आश्विन,१७,सोमवार ०९:५०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सन् २०१८ रसियामा भएको  विश्वकपमा इङ्ल्यान्डका ह्यारी केनले गोल्डेन बुट पाए। उनले रसिया विश्वकपमा ६ गोल गरेका थिए । यस

काठमाडौं । नेपालमा पहिलो पटक १८ वर्षमुनि (यू–१८) को महिला तथा पुरुष अन्तर्राष्ट्रिय रग्बी च्याम्पियनशिप हुने भएको छ । एसिया

कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ । मंगलबार राति अन्तिम प्रि-क्वाटरफाइनल खेलमा पोर्चुगलले स्विट्जरल्यान्डलाई हराएसँगै अब

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको अन्तिम प्रि-क्वाटरफाइनलमा पोर्चुगलले जित हात पारेको छ । लुसिल स्टेडियममा भएकाे खेलमा पोर्चुगलले

ताजा समाचार