निर्वाचन भयरहित बनाउन सरकारी अधिकारीहरुको आग्रह

लोकपथ
0
Shares

भैरहवा । रुपन्देहीका मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले आगामी निर्वाचनमा राजनितिक दलहरुको सहभागिता र क्रियाकलाप अनुशासित, आचारसंहितको पालना गर्दै मनाउन आग्रह गरेका छन ।

मंसिर ४ गते हुने प्रतिनिधी सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि भैरहवामा मुख्य निर्वाचन अधिकृत कार्यालयको उद्घाटन गर्दैै उनले आगामी ५ वर्षका लागि भाग्य निर्धारण गरी नेतृत्व गर्नका लागि पठाउने अवसर भएकोले कस्तो खालको चुनाव गराउने भूमिका र जिम्मेवारी राजनितिक दलहरुको रहेको उनले बताए । शान्त, मर्यादित वा खलबल गर्ने गरी चुनाव मनाउने जिम्मा मुलरुपमा उम्मेदवार र पार्टीकै हो । ‘निर्वाचन गराउनै पर्छ यस्को मापदण्ड र दायरा छ दायरा भन्न बाहिर जानेलाई कानुनले नछोड्ने बताउदै स्वच्छ र भयरहित निर्वाचन गराउन सहयोगको अपेक्षा रहेको छ’ – मुख्य निर्वाचन अधिकृत कोइरालो भने ।

निर्वाचन आयोगले निर्धारण गरेको कार्यक्रम निर्धारित मितिमै सम्पन्न भएकोले चाडपर्वको बेला कार्यालय उद्घाटन गर्नु परेको बताउदै उनले आजको मितिले आगामी २० गते सम्म कार्यालय स्थापना हुने छ । जिल्लामा निर्वाचनको विषयमा सुरक्षा र प्रशासनको समन्वय गर्नु पर्छ , प्रजिअसँगको समन्वयमा ५ वटै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । अरु निर्वाचनका कार्यक्रम क्रमश जानकारी गराउदै २३ गते मनोनय गर्ने कार्यक्रम रहेको उनले बताए । मनोनयन दर्ताको लागि समयको तयारी, अचारसंहिता, निर्देशिका र नियमहरुको विषयमा असोज २१ गते सर्वदलिय बैठक बस्ने उनले भने ।

सुरक्षित, निष्पक्ष र स्वतन्त्र रुपमा निर्वाचन सम्पन्न गर्न सम्पूर्ण राजनीतिक दल तथा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका निर्वाचन अधिकारी अयोध्या प्रसाद भण्डारीले भने ।

रुपन्देहीको भैरहवामा बाल मन्दिरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे र मुख्य निर्वाचन अधिकृत कोइरालाले संयुक्त रुपमा कार्यालयको उद्घाटन गर्दै निर्वाचनलाई स्वतन्त्र, सुरक्षित र निष्पक्ष बनाउनका लागि आचारसंहिता पालना गराई निर्वाचन सफल बनाउने बताए । देशैभरी मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम अनुसार रुपन्देहीको ५ वटै क्षेत्रमा कार्यालय स्थापना भई उद्घाटन भएको छ ।

रुपन्देहीको क्षेत्र नम्बर १ को लागि देवदहको शितलनगर लुम्बिनी बौद्ध विश्वविद्यालय डिनको कार्यालयमा , क्षेत्र नम्बर २ को बुटवल उपमहानगरपालिकाको पुरनो भवनमा, क्षेत्र नम्बर ३ को बलामन्दिरमा, क्षेत्र नम्बर ४ को कोटहीमाई गाउपलिकाको कार्यालयमा र क्षेत्र नम्बर ५ को गैडहवा गाँउपालिकाको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय उद्घाटन भएको निर्वाचन कार्यालय रुपन्देहीका निर्वाचन अधिकारी भण्डारीले भने ।

प्रमुख जिल्ला अधिकारी पाण्डेले मतदानको अघि, मतदानको दिन र मतदान पछिको कार्यक्रमका लागि सुरक्षा प्रदान गर्न विशेष सु्रक्षा योजना स्वीकृत गरिएको बताए । आचारसंहित लागु भइसकेकोले यस्को पूर्ण पालना गर्नका लागि समेत अनुगमन समितिले कार्य गरिरहेकोले आचारसंहित उल्लघन र गुनासो दलहरुबाट नै हुने भएकोले सबैले अनुशासनमा रही निर्वाचनलाई स्वच्छ, निश्पक्ष र भयरहित बनाउन आग्रह गरे ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाई, सुरक्षा निकायका प्रमुख नेपाल प्रहरीका एसपी रविन्द्र रेग्मी, सशस्त्र प्रहरीका एसपी गगन श्रेष्ठ, विभिन्न राजनितिक दलका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो । कार्यालय उद्घाटन सँगै निर्वाचन अभियान सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?