काठमाडौं उपत्यका छाड्नेको भीड

लोकपथ
98
Shares

काठमाडौं । आइतबार फुलपातिको दिन पनि दसैँ मान्न गाउँ जानेहरुको भीड लागेको छ । काठमाडौंका विभिन्न नाकाहरुबाट दसैँ मान्नका लागि काठमाडौं उपत्यका छाड्नेहरुको भीड लागेको हो ।

खासगरी थानकोट हुँदै बस छुट्ने र कोटेश्वर हुँदै बस छुट्ने ठाउँहरुमा बिहानैदेखि यात्रुहरुको अत्याधिक भीड लागेको छ । सार्वजनिक यातायात र नीजि सवारी साधनहरुको उत्तिकै मात्रामा सडकमा गुडिरहेका छन् । सवारी साधनभित्र यात्रुहरु भरिभराउ देखिन्छन् भने सडकमा सवारी साधनलाई कुर्नेहरुको लाइन पनि लामो देख्न सकिन्छ । धेरै सवारी साधन चलेका कारण यात्रुहरुले उपत्यका छोड्न मात्रै पनि घण्टौँ जामको समस्या भोग्नु परेको छ ।

दैनिक हजारौँको संख्यामा मानिसहरुले काठमाडौं उपत्यका छोडिरहेका छन् । अघिल्ला वर्षहरुको तुलनामा यस वर्ष उपत्यका छाड्नेहरुको संख्या बढेको छ । अघिल्ला वर्षहरुमा कोरोना महामारीका कारण मानिसहरुको आवत्जावत्मा समस्या भएपनि यस वर्ष भने निर्वाध रुपमा मानिसहरु आवत्जावत् गरिरहेका छन् । यात्रुहरुले टिकट नपाउने समस्या भोग्नु परेको गुनासो गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?