दसैंमा गाउँघर फर्किँदै हुनुहुन्छ ? यात्रा गर्दा स्वास्थ्य मापदण्ड अपनाउन चाहिँ नभुल्नु है !

लोकपथ
130
Shares

काठमाडौं । चाडबाडको समयमा लामो दुरीको यात्रा गर्दा विशेषगरी स्वास्थ्य सजकता अपनाउनु राम्रो हुन्छ । यसले आफूलाई मात्र नभई सँगै यात्रा गरिरहेका अन्य व्यक्तिको लागि पनि सहज बनाउँछ ।

कोरोनासँग अन्य संक्रमक रोगहरु निस्तेज नभइसकेको अवस्थामा सार्वजनिक यातायातबाट लामो दुरीको यात्रा गर्दा जनस्वास्थ्य मापदण्डको पालना गर्नु उपयुक्त हुन्छ ।

यात्रामा अपनाउनुपर्ने स्वास्थ्य मापदण्डहरु

मास्कको प्रयोगलाई निरन्तरता दिने ।
गाडी चढेपछि र ओर्लिएपछि साबुन पानी वा स्यानिटाइजरले हात सफा गर्ने ।
यात्राका बेला सम्भव भएसम्म उपयुक्त भौतिक दुरी कायम गर्ने ।
खोक्दा वा हाछ्युँ गर्दा रुमाल वा मास्कले मुख छोप्ने ।
आवश्यक खानेकुरा आफैं बोक्ने ।
होटलमा खाना खान पर्ने अवस्थामा ताजा खाने कुराहरुको छनोट गरेर मात्र खाने ।

दसैंको समयमा कतीपय स्थानका होटलहरु पनि भरिभराउ हुने भएकाले सबै स्थानमा स्वच्छ र स्वस्थकर खाने कुरा पाइन्छ भन्ने हुँदैन । सकेसम्म घरबाटै खानेकुरा बेकेर यात्रा गर्नु उपयुक्त हुन्छ । त्यो सम्भव नभए रमझम गर्ने यो चाडको मुखमा यात्रा गर्दा जहाँ पाए त्यहीँ र जे पायो त्यही नखानु नै उत्तम हुन्छ ।

साथै, अहिले देशभर डेंगुको संक्रमण पनि फैलिरहेकाले खुला ठाउँमा लामो समय नबस्ने । र, वर्षाको सिजन अझै नसकिएकाले पानी जमेका खाल्डाखुल्डी वरपर बस्दा पुरा शरीर ढाक्ने कपडा लगाएर बस्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?