दसैँमा मासुको परिकार : आफ्नै घरमा यसरी बनाउनुहोस् सुकुटी

लोकपथ
299
Shares

मांसाहारीलाई सुकुटी मन नपर्ने त कुरै भएन । हरेक उमेर समूहका मानिसलाई यो पक्कै पनि मनपर्न सक्छ ।

नेपालमा मुख्यतः बफ, चिकेन र मटनको सुकटी बढी मात्रामा खाइन्छ । दसैँमा सुकुटीसँग चिउरा खाने जमात झन् धेरै भेटिन्छन् ।

होटलमा मात्र तपाईंहरुले खानुभएको सुकुटी आफ्नै घरमा पनि बनाएर खान सकिन्छ ।

दसैँमा मासुको परिकार बनाइरहँदा एकपटक सुकुटी पनि बनाएर खानुहोस् । घरमै सुकुटी कसरी बनाउने त ?

आवश्यक सामग्री

  • मटन, बफ तथा चिकेनको मासु
  • आवश्यकता अनुसार तेल
  • पाँच फुरन खुर्सानी, प्याज, टमाटर, हरियो धनियाँ
  • बेसार, नुन, गरम मसला, मिट मसला, धुलो खुर्सानी
  • लसुन अदुवाको पेस्ट

बनाउने तरिका

मासुलाई बेसारले मोलेर लामो आकारमा काट्ने र २–३ दिनसम्म घाममा सुकाउने । यो मासुलाई आगोमा पनि सेक्न सकिन्छ । आधा सुकेको मासु सुकुटीका लागि उपयुक्त हुन्छ । मासुलाई सानो–सानो टुक्रामा काट्ने ।

तातो भाँडामा तेल राखेर प्याज हालेर खैरो हुनेगरी भुट्ने । त्यसमा हरियो खुर्सानी, लसुन अदुवाको पेस्ट, बेसार, नुन, गरम मसला पालैपालो हालेर चलाउने । यो मिश्रण डढ्न दिन हुँदैन । त्यसैले आगो सानो पार्ने । त्यसपछि काटेर राखेको सुकुटीलाई हालेर राम्ररी चलाउने । स्वाद मन पराउनेले गोलभेँडा काटेर राख्न पनि सकिन्छ ।

मासुलाई केहीबेर छोपेपछि त्यसमा मिट मसला थोरै राखेर काटेको हरियो धनिँया राखेपछि सुकुटी खानका लागि तयार हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?