मासुबारे यी कुरा जानी राखौँ

स्वस्थ मासु कसरी छान्ने र कसरी राख्ने ?

लोकपथ
91
Shares

काठमाडाैं । मासुका लागि पशुपंछी खरिद गर्दा स्वस्थ पशुपंछी छान्ने । र्या‍ल, सिँगान बगेका र शरिरमा दाग, खटिरा भएका पशुहरु सामान्यतया अस्वस्थ मानिन्छ ।

धेरै मासु एकैपटक नकिन्ने, आवश्यकताअनुसार किन्ने । एकैपटक धेरै मासु पकाएर फ्रिजमा राख्नु हुँदैन ।

मासुलाई टुक्रा पारेर फ्रिजमा माइनस १८ देखि ३० डिग्री सेल्सियससम्मको तापक्रममा राख्नुपर्छ । फ्रिजमा मासु राख्दा छोपेर मात्र राख्ने ।

मासुमा अम्लियपनाको मात्रा ५.७ पीएचभन्दा कम र ६.३ पीएचभन्दा बढी हुनुहुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?