११ चैत्र २०७९, शनिवार

उपसचिवहरूलाई बस्ने स्थान र जिम्मेवारी दिइएन

२०७४,कार्तिक,१,बुधबार ०१:०५

9
Shares

काठमाडौँ, १ कात्तिक – स्थानीय तहमा खटाइएका शिक्षा सेवाका उपसचिवहरूलाई न बस्ने ठाँउ उपलब्ध गराइएको छ, न त जिम्मेवारी नै दिइएको छ । उनीहरूको पदको नाम समेत तोकिएको छैन । उनीहरू बिहान कार्यालय पुग्छन्, हाजिर गर्छन् र निराश हुँदै फर्कन्छन् । महिनौदेखि उनीहरूको यस्तै दैनिकी छ ।जिल्ला शिक्षा कार्यालयले मङ्गलबार आयोजना गरेको जिल्लास्तरीय अभिमुखीकरण कार्यक्रममा काठमाडौँ महानगरपालिकामा खटाइएका उपसचिव प्रह्लाद अर्यालले आफूहरूको हालसम्म पनि पदको नाम नदिइएको गुनासो गर्दै भने, “बस्ने स्थानको टुङ्गो छैन । बबरमहलस्थित जिल्ला समन्वय समितिको कार्यालयमा एउटा कोठा दिने भनिएको छ । ”बस्ने स्थान र जिम्मेवारीको टुङ्गो नलगाइदिएकाले आफूहरूलाई फिर्ता पठाइदिन स्थानीय तहका प्रमुखहरूसँग त्यहाँ पुगेका शिक्षा सेवाका कर्मचारीहरूले भन्न थालेका छन् । उनीहरूले दसैँअघि शिक्षकलाई तलब खुवाउने कामसम्म गरेका छन् । शिक्षा विभागले सबैलाई नपुग्ने गरी तलब पठाएकोमा शिक्षकहरूले स्थानीय तहमा खटिएका शिक्षा सेवाका उपसचिवहरूसँग निकै करकर गर्ने गरेको गुनासो उनीहरूको छ, गोरखापत्रले खबर छापेको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,१,बुधबार ०१:०५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

थ्री नेसन्स कप : भुटान र लोआस भिड्दै
 २०७९,चैत्र,११,शनिवार १८:०३
नियन्त्रित लागूऔषधसहित २ जना पक्राउ
 २०७९,चैत्र,११,शनिवार १७:११