खानेकुरामा लापरबाही गर्दा फूड पोइजनिङ होला नि !

लोकपथ
0
Shares

काठमाडौं । चाडबाडको समयमा अझ दसैंको समयमा पारिवारिक जमघट त हो नि भनेर जथाभावी खाँदा वा आवश्यकता भन्दा बढी खाँदा धेरै मानिस बिरामी पर्छन् । अझ कतिपयले त यो दसैंमा खाने हो भनेर महिनौंदेखि खानेकुरा जोहो गरेर राखेका हुन्छन् । यस्ता खानेकुराबाट फूड पोइजनिङको जोखिम उच्च हुने गरेको छ ।

खानामा हुने संक्रमणलाई फुड पोइजनिङ भनिन्छ । खानाको क्षयीकरण भएपछि खाना अमिलिन्छ र सो खाना खाएमा फुड पोइजनिङ हुन्छ । गर्मी मौसममा फूड पोइजनिङको समस्या बढी देखिने गरेको छ । तर, चाडबाडमा गरिने असन्तुलित खानाको सेवनले पनि फुड पोइजनिङ हुन सक्छ ।

विशेषगरी खानेकुरामा हुने ब्याक्टेरियाका कारण फूड पोइजनिङ हुन्छ । पकाएको खानामा ब्याक्टेरिया मर्ने भएकोले नपकाएको खानामा फूड पोइजनको जोखिम बढी हुन्छ ।

चिसो पेयपदार्थ कोक, फ्यान्टालगायतका केमिकलयुक्त पेय पदार्थ खाँदा पनि फुड पोइजनिङको जोखिम बढी हुन्छ । फूड पोइजनले पेट तथा आन्द्रामा असर गर्छ । पोइजनका कारण वाकवाकी आउने, वान्ता हुने, डायरिया हुने हुन्छ । त्यस्तै ज्वरो आउने, पेट दुख्ने, रिंगटा लाग्ने, थकाइ लाग्ने, कमजोर महशुस हुने पनि हुन सक्छ । दिसा र वान्तामा रगत देखिन पनि सक्छ ।

फुड पोइजनिङबाट बच्न खानालाई सफा गरेर राम्रोसँग पकाउनु पर्छ । खाना बनाउनुअघि, खानु र खुवाउनुअघि साबुन पानीले राम्रोसँग हात धुनुपर्छ । पकाएका खानेकुराहरु छोपेर राख्नुपर्छ भने एकैपटक धेरै खानेकुरा खानु हुँदैन ।

यो दसैंमा प्याकेजिङ खाना, केमिकलयुक्त र बासी खानेकुरा सकेसम्म नखाएको राम्रो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?