दसैँमा मासु मात्र होइन शाकाहारी भोजन पनि गर्ने कि ? यस्ता छन् फाइदा

लोकपथ
52
Shares

काठमाडाैं । दसैँमा विभिन्न किसिमका परिकारहरू घरपरिवार, आफन्त तथा साथीसँग बसेर खाने चलन छ । पर्वअनुसार खानेकुरा पनि नेपाली सँस्कृतिमा आफ्नै प्रचलन छ । तिहारमा सेलरोटी, संक्रान्तिमा तरुल, असार १५ मा दही चिउरा, साउन १५ मा खीर, जनैपूर्णिमामा क्वाँटी खाइन्छ ।

यसैगरी दसैँमा विभिन्न परिकार पकाइए पनि मासुलाई मुख्य मानिन्छ । वा भनौ दसैँलाई मासुको पर्व पनि भन्ने गरिन्छ । मासु नखाए त के दसैँ भनेर भन्ने गरेको पनि सुनिन्छ, तर दसैँमा शाकाहारी भोजनको पनि आफ्नै महत्व छ ।

दसैँमा शाकाहारी परिकारमा पनिर, मसरुम, अचार, पकौडा, फ्रेन्च फ्राइ, सोयाबिन साँधेको, गेडागुडी, भेज चाउमीन र विभिन्न थरिका मिठाइका परिकार खाएर दसैँ मनाउन सकिन्छ ।

यसरी सेवन गरिने शाकाहारी भोजन स्वास्थ्यका लागि निकै फाइदाजनक रहेको पोषणविद् अरुणा उप्रेती बताउँछिन् । मासु पकाउँदा दाल किन चाहियो वा अरु तरकारी किन चाहियो भनेर मासु मात्रै खाने गरिन्छ । मासुको तुलनामा शाकाहारी भोजन निकै सन्तुलित हुने पोषणविद्हरु बताउँछन् ।

शाकाहारी हुँदा शरीर कमजोर हुने, शरीरमा आवश्यक प्रोटिन, खनिज पदार्थ कम हुन्छ भन्ने सोच गलत रहेको उप्रेती बताउँछिन् । शरीरलाई आवश्यक मात्रामा प्रोटिन, क्याल्सियम, मिनरल, आइरनको मात्रा मिलाउन सकियो भने शाकाहारी बन्नु स्वास्थ्यको लागि निकै फाइदाजनक छ ।

शाकाहारी भोजनले शारीरिक रुपमा मात्र नभई मानसिक रुपमा पनि तन्दुरुस्त राख्छ ।

शाकाहारी भोजनमा रेसादार तथा हरियो सागसब्जी हुने हुँदा यसले कब्जियतबाट मुक्त गराउनुका साथै शरीरलाई अति आवश्यक सुक्ष्म पोषणतत्व, क्याल्सियम, प्रोटिन प्रशस्त उपलब्ध गराउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?