घरैमा चिकेन रोस्ट बनाउने सजिलो तरिका

लोकपथ
455
Shares

मासु पारखीहरूको रोजाइमा पर्ने परिकार हो, चिकेन रोस्ट । हरेक उमेरसमूहका मानिसले रोस्ट मन पराउँछन् । रोस्ट बनाउन पनि एकदमै सजिलो छ । यसरी सजिलै बनाउनुहोस् चिकेन रोस्ट ।

आवश्यक सामग्री

  • आवश्यकता अनुसारको कुखुराको मासु
  • तेल, बेसार, नुन, गरम मसला, मिट मसला, धुलो खुर्सानी
  • लसुन, अदुवाको पेस्ट
  • कागती
  • अण्डा

बनाउने तरिका

मासुमा बेसार, नुन, गरम मसला, मिट मसला, धुलो खुर्सानी, लसुन, अदुवाको पेस्टसँगै कागतीको रस र अण्डा राखेर राम्ररी मोल्ने र कम्तिमा आधा घण्टाका लागि छोपेर राख्ने । छ भने फ्रिजमा राख्दा राम्रो ।

मासु हल्का नरम भएपछि निकाल्ने । अब रोस्ट बनाउनको लागि कराई वा प्यानमा तेल ताताउने । तेल तातेपछि म्यारिनेट गरेर राखिएको मासु भाँडोको क्षमता अनुसार तेलमा डुब्ने गरी हाल्ने ।

मासु हल्का खैरो हुँदै गएपछि त्यसलाई अर्कोतर्फ पनि फर्काएर पकाउने । दबैतर्फ खैरो रंगको भएपछि रोस्ट खानको लागि तयार हुन्छ । रोस्टलाई सामान्यतः अचारसँग खाइन्छ । तर, आ–आफ्नो स्वाद अनुसार यसलाई जसरी पनि खान सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?