घरमै यसरी बनाउनुहोस् होटलको जस्तै छोयला

लोकपथ
286
Shares

काठमाडौं । छोयला भन्ने वित्तिकै नेवारी खाजाको झ–झल्को आइहाल्छ । छोयलाबिनाको नेवारी खाजा अपुरो मानिन्छ । विशेषत: नेवारी समुदायबाट आएको यो परिकार मासुका पारखीहरुको पहिलो रोजाइ हुनसक्छ ।

छोयला ‘बफ’को मात्र हुन्छ भन्ने हुँदैन । खसी, कुखुरा, पोर्कको मासुको पनि स्वादिष्ट छोयला बनाउन सकिन्छ । छोयला खाँदा यो त नेवारी समुदायले मात्र बनाउन सक्छ जस्तो लागे पनि यो परिकार बनाउन सोचेभन्दा सजिलो छ ।  हाम्रो भान्सामा रहेका सामान्य मरमसलाबाट पनि छोयला सजिलैसँग बनाउन सकिन्छ ।

छोयलाका लागि आवश्यक सामग्री

  • आफूलाई मन पर्ने मासु
  • तेल
  • खुर्सानी, प्याज, टमाटर, हरियो धनियाँ
  • बेसार, नुन, गरम मसला, मिट मसला, धुलो खुर्सानी
  • लसुन अदुवाको पेस्ट

मासुलाई सुरुमा बेसारमा मोलेर लामो आकारमा काट्ने र २–३ दिनसम्म घाममा सुकाउने । घाम नलाग्दा मासुलाई आगोमा पनि सेक्न सकिन्छ ।

आधा सुकेको मासु सुकुटीका लागि उपयुक्त हुन्छ । त्यसपछि मासुलाई सानो सानो टुक्रामा काट्ने ।

प्यान अथवा कराईमा तेल तताएर त्यसमा हरियो खुर्सानी, लसुन अदुवाको पेस्ट, बेसार, नुन, गरम मसला राख्ने । त्यसरी तयार भएको मसलालाई काटेर राखेको मासुमा अचार झाने जसरी नै हालेर मोल्ने ।

मासु मोली सकेपछि त्यसमा स्वादअनुसार हरियो प्याज र लसुन पनि काटेर राख्ने ।

यसरी सहजै रुपमा स्वादिष्ट छोयला तयार हुन्छ । मनपर्छ भने हरियो धनियाँ राखेर पनि छोयला खान सकिन्छ । धनियाँ मन नपारउनेले नराख्दा पनि छोयलाको स्वादमा कुनै फरक पर्दैन ।

तयार भएको छोयलालाई चिउरासँग वा त्यत्तिकै पनि खान सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?