राष्ट्र बैंकको डेट लाईन : कार्तिक एक गतेबाट चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ लागु

लोकपथ
117
Shares

काठमाडौं । नेपााल राष्ट्र बैंकले डेट लाईन नैं तोकेर चालु पुंजी कर्जा सम्वन्धी संसोधित व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ । राष्ट्र बैंकले पुर्वाधार बिकास बैंक, बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनी समेतले कार्यान्वनमा ल्याउनु पर्ने गरी चालु पुंजी कर्जा सम्वन्धी संसोधित व्यवस्था लागु गरेको हो ।

संसोधित व्यवस्था अनुसार अल्पकालीन तथा चालूपुँजी प्रकृतिका कर्जा सम्बन्धी व्यवस्था अन्र्तगत पुर्वाधार विकास बैंकले आफ्ना ग्राहकहरु लागि लगानी गर्ने परियोजनाहरुको सञ्चालनको सन्दर्भमा आवश्यक हुने अल्पकालीन तथा चालु पूँजी प्रकृतिका कर्जा २०७९ कार्तिक १ गते देखि चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ बमोजिम प्रवाह गर्नुपर्ने छ ।

चालूपुँजी कर्जा सम्बन्धी मार्गदर्शन, २०७९’ लागू हुनुपूर्व प्रदान गरिएका चालूपुँजी प्रकृतिका कर्जालाई मार्गदर्शनको पूर्ण पालना गरेर मात्र नवीकरण गर्न पाइने छ । मार्गदर्शनको पूर्ण पालना नगरी नवीकरण भएको पाइएमा उक्त कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ । तर, चालूपुँजी कर्जा सम्बन्धी मार्गदर्शन, २०७९’ को बुँदा नं। ७ मा भएको भेरियन्स सम्बन्धी व्यवस्था मार्गदर्शन लागु भएको पहिलो वर्ष अनिवार्य हुनेछैन ।

चालु पुंजी सम्वन्धी एकीकृत निर्देशन २०७८ मा भएको विद्यमान ब्यवस्था अनुसार भने अल्पकालीन तथा चालु पूँजी प्रकृतिका कर्जा सम्बन्धी व्यवस्था अन्र्तगत पूर्वाधार विकास बैंकले आफ्ना ग्राहकहरुका लागि लगानी गर्ने परियोजनाहरुको सञ्चालनको सन्दर्भमा आवश्यक हुने अल्पकालीन तथा चालु पूँजी प्रकृतिका कर्जा देहायका शर्तमा प्रवाह गर्न सक्नेछन् । परियोजनाको अनुमानित लागत शुरुमै विश्लेषण गरी आवधिक कर्जा र चालु पूँजी प्रकृतिका कर्जाको आवश्यकता र सीमा यकिन भएको हुनुपर्ने छ । निर्धारित सीमाको हदसम्म मात्र यस्तो चालु पुँजी प्रकृतिको कर्जा प्रवाह गर्न सकिने छ । आफूले लगानी गरेको परियोजनाहरुको लागि आवश्यक पर्ने मालसामान, उपकरण इत्यादी प्रतीतपत्र मार्फत आयात गर्न परियोजना कर्जाको स्वीकृत सीमाभित्र रही अल्पकालीन प्रकृतिका कर्जाहरु प्रवाह गर्न सक्ने छन् ।

बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले पनि चालु पुंजी प्रकृतिका कर्जा सम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याउनु पर्ने छ । सो अनुसार बैंक तथा वित्तीय संस्थाले २०७९ कार्तिक १ गते देखि चालुपुँजी प्रकृतिका कर्जा प्रवाह, नवीकरण वा पुनरावलोकन गर्दा राष्ट्र बैंक बैंकबाट जारी चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन, २०७९’ बमोजिम गर्नु पर्नेछ । चालूपुँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९’ लागू हुनुपूर्व प्रदान गरिएका चालूपुँजी प्रकृतिका कर्जालाई मार्गदर्शनको पूर्ण पालना गरेर मात्र नवीकरण गर्न पाइने राष्ट्र बैंकको भनाई छ । मार्गदर्शनको पूर्ण पालना नगरी नवीकरण भएको पाइएमा उक्त कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ । तर, चालूपुँजी कर्जा सम्बन्धी मार्गदर्शन, २०७९’ को बुँदा नं। ७ मा भएको भेरियन्स म्बन्धी व्यवस्था मार्गदर्शन लागु भएको पहिलो वर्ष अनिवार्य हुने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?