१७ मङ्सिर २०७९, शनिवार

काभ्रेमा निर्वाचन तयारी तीव्र

२०७९,आश्विन,१६,आईतवार ११:५४

117
Shares

काभ्रे । आम निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । सदरमुकाम धुलिखेलमा मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा प्रतिनिधिसभा क्षेत्र नं १ अन्तर्गत पनौतीमा र प्रतिनिधिसभा क्षेत्र नं २ अन्तर्गत धुलिखेलमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

जिल्लास्थित मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईले शनिबार निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभा क्षेत्र नं २ र त्यसअन्तर्गतका दुई प्रदेशमा निर्वाचनका कामसमेत गर्ने जनाइएको छ ।

निर्वाचन आयोगले भने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्न असोज २१ गतेको कार्यतालिका बनाएको थियो । आयोगका अनुसार असोज २३ गते प्रतिनिधिसभा तथा प्रदशसभा क्षेत्रमा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता हुनेछ भने असोज २६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

जिल्ला निर्वाचन अधिकारी उमेश राईका अनुसार जिल्लाका एक लाख ५७ हजार नौ सय ४७ पुरुष, एक लाख ५२ हजार एक सय १४ महिला र अन्य दुई मतदाता गरी कुल तीन लाख १० हजार ६३ मतदाताले मतदान गर्नेछन् । एक सय ९० वटा मतदानस्थलका तीन सय ८९ मतदान केन्द्र तोकिएको छ । काभ्रेपलाञ्चोकमा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्र रहेका छन् ।

कार्यालयका अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा कुल मतदाता एक लाख ५२ हजार छ सय ९९ रहेका छन् । यहाँ एक सय ९५ वटा मतदान केन्द्रबाट मतदान हुनेछ । सोही क्षेत्रको प्रदेशसभा ९क० मा ४० हजार एक सय एक पुरुष तथा ३६ हजार चार सय ५२ महिला गरी ७६ हजार पाँच सय ५३ मतदाता रहेका छन् । जसमा ९४ वटा मतदान केन्द्र रहेका छन् । प्रदेशसभा ९ख० मा भने ३८ हजार सात सय १५ पुरुष र ३७ हजार चार सय ३० महिला गरी ७६ हजार एक सय ४६ मतदाता छन् । यहाँ ९५ वटा मतदान केन्द्र छन् ।

यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा ७९ हजार एक सय ७४ पुरुष र ७८ हजार दुई सय ६७ महिला गरी एक लाख ५७ हजार चार सय ४२ मतदाता रहेका छन् । उक्त क्षेत्रमा दुई सय मतदान केन्द्र रहेका छन् । सोही क्षेत्रको प्रदेशसभा (क) मा ३९ हजार दुई सय ५८ पुरुष, ३७ हजार आठ सय ५० महिला तथा अन्य एक गरी ७७ हजार एक सय नौ मतदाता रहेका छन् । प्रदेशसभा ९ख० मा भने ३९ हजार नौ सय १६ पुरुष तथा ४० हजार चार सय १७ महिला गरी ८० हजार तीन सय ३३ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: २०७९,आश्विन,१६,आईतवार ११:५४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य नघटाउने भएको छ । निगमले शुक्रवार राति एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम

उदयपुर । उदयपुर रौतामाई गाउँपालिका बोलुङखा चिसापानीमा उत्पादन भएको किवीले बजारमा उचित मूल्य नपाउँदा किसान चिन्तामा परेका छन् । सात

कालिकोट । विकासको हरेक पक्षबाट पछाडि परेको कर्णाली क्षेत्रको उन्नतिका लागि निर्माण सुरु गरिएको कर्णाली करिडोरलाई यहाँका बासिन्दाले आफ्नो भाग्य

चितवन । चितवनको इच्छाकामना गाँउपालिका–५ जौगैराकी पिपला चेपाङले कक्षा ८ मा पढ्दापढ्दै भागेर विवाह गरे । पन्ध्र वर्षका उमेरमा विवाह

ताजा समाचार

कुटपिट गरी हत्या गरेको आरोपमा दुई पक्राउ
 २०७९,मङ्सिर,१७,शनिवार ०८:३२
थाहा पाउनुहोस् आजको मौसम
 २०७९,मङ्सिर,१७,शनिवार ०७:५८