१७ मङ्सिर २०७९, शनिवार

स्वाभिमान सहकारीले बनायो चार वर्षे रणनीतिक योजना

२०७९,आश्विन,१६,आईतवार ११:२५

81
Shares

बागलुङ । स्वाभिमान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बागलुङले ४ वर्षे रणनीतिक योजना बनाएको छ । दुई दिने रणनीतिक योजना कार्यशालाको आयोजना गरी संस्थाले आगामी ४ वर्षका लागि रणनीतिक योजना निर्माण गरेको संस्थाका अध्यक्ष शिवकला थापाले जानकारी दिए ।

बहुउद्देश्यीय सहकारीको भावना अनुसार काम गर्नका लागि कार्ययोजना निर्माण गरी आगामी ४ वर्षमा ५ हजार जना शेयर सदस्यका बीचमा काम गर्ने गरी रणनीतिक योजना बनाएको अध्यक्ष थापाले बताए । चार वर्षे रणनीतिक योजनामा ५ करोड शेयर पूँजि, ४५ करोड वचत रकम, ४० करोड कर्जा लगानी, १ करोड जगेडा कोष र ५२ करोड कुल सम्पत्ती बनाउने लक्ष्य लिइएको छ ।

संस्था स्थापनादेखि हालसम्म खासै योजना थिएन, कार्यक्रम पनि त्यति बनाएका थिएनौ, संस्थाका सचिव लेख बहादुर खड्काले भने–‘अबका दिनमा सहकारीलाई वित्तीय रुपमा सक्षम र सुशासनयुक्त बनाउनका लागि स्पष्ट योजना, कार्यक्रम र प्रतिवद्धताका साथ अगाडि बढ्ने लक्ष्य लिएका छौ ।’ सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रत्येक सहकारीहरुले रणनीतिक योजना निर्माण गरेर सदस्य लक्षित कार्यक्रम बनाउन आवश्यक रहेको अनुभूतिका साथ ४ वर्षे रणनीतिक योजना तयार गरिएको संस्थाका उपाध्यक्ष सूर्य बहादुर महतले बताए ।

रणनीतिक योजना कार्यशालामा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहजीकरण गरेका थिए । सहकारीलाई संस्थागत रुपमा सञ्चालनका लागि स्पष्ट योजना आवश्यक रहेको जिसीले बताए । संस्थामा हाल ७ सय जना शेयर सदस्य, १ करोड ५० लाख शेयर रकम, ६ करोड वचत रकम, ७ करोड कर्जा लगानी रहेको संस्थाका कोषाध्यक्ष रेणु केसीले जानकारी दिएका थिए ।

प्रकाशित मिति: २०७९,आश्विन,१६,आईतवार ११:२५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बेलायतमा नेपालीको जनसंख्या गत एक दशकमा ७२ प्रतिशतले बढेको पाइएको छ । बेलायतको दुई प्रमुख राज्य इङल्यान्ड र वेल्सको जनगणना

फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह जीचको अन्तिम खेलपछि ब्राजिल र स्वीजरल्याण्ड नकआउट चरणमा प्रवेश गरेका छन् । कतारमा आज

मानवअधिकारका लागि एकल महिला समूह कर्णाली प्रदेशले एकल महिला उषा राई हत्या प्रकरणमा संलग्नलाई कारबाही गर्न माग गरेको छ ।एकल

काठमाडौं । दक्षिण कोरिया विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा पोर्चुगललाई २–१ गोल

ताजा समाचार

उरुग्वेले बनाउन सकेन नकआउट चरणमा स्थान
 २०७९,मङ्सिर,१६,शुक्रवार २३:०२
समूह चरणको अन्तिम खेलमा पोर्चुगल पराजित
 २०७९,मङ्सिर,१६,शुक्रवार २२:५६
पेट्रोलियम पदार्थको मूल्य घटेन
 २०७९,मङ्सिर,१६,शुक्रवार २२:३२
पूर्व सहकर्मी रवीलाई प्रेम बानियाको सुझाव
 २०७९,मङ्सिर,१६,शुक्रवार २२:२५
भीम रावललाई बालेनले बनाए हायलकायल
 २०७९,मङ्सिर,१६,शुक्रवार २१:०७