१५ मङ्सिर २०७९, बिहीवार

उदयपुरमा ‘राडर गन’सहित ट्राफिक प्रहरी सडकमा

२०७९,आश्विन,१५,शनिवार २१:१६

27
Shares

उदयपुर । ईलाका प्रहरी कार्यालय रामपुरले ट्राफिक प्रहरीसहित लोजमार्गमा तीब्र गतिका कारण दुर्घटना बढ्न थालेपछि दुर्घटना न्यूनिकरण गर्न टोली राडर गनसहित खटिएको छ ।

अत्याधिक गतिमा सवारी चलाउँदा हुन सक्ने दुर्घटना नियन्त्रण गर्न राडर गन (स्पीड जाँच गर्ने लेजर गन मेसिन) प्रयोग गर्दै चेक जाँच थालिएको हो । बेलकामा भएको दुर्घटना मध्ये ८० प्रतिशत दुर्घटना तीब्र गतिका कारण हुने गरेको तथ्याङ्क देखिएको छ । दुर्घटना मध्ये अधिकांश चतरा रुपनगर सडक खण्डमा तीब्र गतिका कारण हुन थालेपछि दुर्घटना न्यूनिकरण गर्न चेकजाँचमा नयाँ प्रविधि प्रयोग गरेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक सुभाष खनालले बताए । चाडबाड नजिकिएसँगै ट्राफिक प्रहरीले चेक जाँचलाई कडाई गरेको हो ।

दुर्घटना न्यूनिकरणमा सहयोग पुग्ने अपेक्षासहित अहिले मदन भण्डारी लोकमार्गको सडकमा अभियान केन्द्रीत छ । यसलाई अन्य लोकमार्गमा पनि लैजाने कार्यालयको योजना छ । प्रयोगमा ल्याएको राडर गन विशेष किसिमको अत्याधुनिक छ । यसले परैबाट आइरहेका तीव्र गतिका सवारी साधन बारे तत्काल संकेत दिने र ३ सय मिटरमा आएपछि गति मापन गर्छ । त्यस्तो गाडी तीब्र गति छ भने सय मिटरको दुरीमा आएपछि नम्बरसहितको सवारी साधनको फोटो खिचिन्छ । मेसिनकै सहायताले ओभर स्पीडका त्यस्ता सवारी साधन रोकेर सम्झाई बुझाई गरी कारबाहीको दायरामा ल्याउने गरेको अस्थायी ट्राफिक प्रहरी कार्यालय रामपुरका प्रमुख भेषबहादुर थापाले बताए ।

कुन गाडी कति गतिमा गुडेको छ त्यसले गनमा अंक देखाउँछ र तस्बिर पनि खिच्ने भएकोले तत्काल सप्रमाणसहितको चिट दिई कारबाही गर्न पनि सहज हुन्छ । ‘पहिलो दिन भएकाले सम्झाई बुझाई गरेका छौं’ ट्राफिक प्रहरी प्रमुख थापाले बताए । राडार गनले सवारीको गति नापेर हेर्दा प्रति घण्टा एक सय किलोमिटर सम्मको गतिमा सवारी कुदेको देखिएको छ, तीब्र गतिमा अधिकांश निजी कारहरु रहेका छन भने मोटरसाइकल पनि रहेका छन् ।

ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनिकरण गर्न अस्थायी ट्राफिक कार्यालयले विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ । चालकसँग ट्राफिक प्रहरी, चालकसँग एक मिनेट, अन द स्पट कारबाही, आफु बचौँ अरुलाई बचाऔं, नम्बर प्लेट सुधार, सवारी साधनलाई परिवर्तन गरी ध्वनी प्रदूषण गर्नेलाई कारबाही छाडा पशु र सवारी साधनमा रिफलेक्टरलगायतका अभियान बेलका ट्राफिक प्रहरीले कार्यान्वयन गर्दै आएको छ ।

प्रकाशित मिति: २०७९,आश्विन,१५,शनिवार २१:१६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

चितवन । भरतपुर महागरपालिकाले व्यावसायिक मत्स्य कृषकको लागि विद्युत महसुलमा ५० प्रतिशत अनुदान दिने भएको छ । महानगरले आफ्नो नीति

कावासोती । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाले सुत्केरीलाई पाँच हजार रुपैयाँ भत्ता दिन सुरु गरेको छ । नगरपालिकाले नगरभित्र रहेका सरकारी

रौतहट । रौतहटको सदरमुकाम गौरस्थित सशस्त्र प्रहरीको गस्ती टोलीले स्रोत नखुलेको लाखौं रूपैयाँसहित दुई जना युवकलाई नियन्त्रणमा लिएको छ ।

सोलुखुम्बु । सोलुखुम्बुका एक हजार एक सयभन्दा बढी परिवार अन्धकारमा बस्न बाध्य छन् । जिल्लाको महाकुलुङ गाउँपालिका र सोताङ गाउँपालिका

ताजा समाचार

दोलखामा ३५ प्रतिशत मतदान सम्पन्न
 २०७९,मङ्सिर,१५,बिहीवार १३:०६
बाजुरामा किन अझै शुरु भएन मतगणना ?
 २०७९,मङ्सिर,१५,बिहीवार ११:२३
सुत्केरीलाई पाँच हजार भत्ता
 २०७९,मङ्सिर,१५,बिहीवार ११:०८
अट्टाहस
 २०७९,मङ्सिर,१५,बिहीवार ११:०७