१५ मङ्सिर २०७९, बिहीवार

बलात्कार गरेको भनी झुठा जाहेरी दिने महिला पक्राउ

२०७९,आश्विन,१५,शनिवार २०:४६

81
Shares

भक्तपुर । आफूलाई जवरजस्ती करणी गरेको भन्दै झुठा जाहेरी दिने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

नवलपरासी बर्दघाट चिसापानी घर भई हाल काठमाडौं जडिबुटी डेरा गरी बस्ने ३४ वर्षीय महिलालाई पक्राउ गरेको हो । आफूलाई भक्तपुर जिल्लाको लोकन्थलीमा ल्याई अचेत बनाई एक पुरुषले जबरजस्ती करणी गरेको भनी प्रहरी वृत्त ठिमीमा असत्य जाहेरी दिएको देखिएकाले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

महिलाको निवेदन उपर अनुसन्धान गर्दा उक्त प्रकृतिको कुनै पनि घटना नभएको देखिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । पुरुष व्यक्तिलाई फसाउने नियतले कपोलकल्पित घटना बनाई जाहेरी दरखास्त समेत दिएको हुँदा निज महिलालाई पक्राउ गरेको परिसर भक्तपुरले जनाएको छ । उनलाई वृत्त ठिमीबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले बताए ।

प्रकाशित मिति: २०७९,आश्विन,१५,शनिवार २०:४६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

कावासोती । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाले सुत्केरीलाई पाँच हजार रुपैयाँ भत्ता दिन सुरु गरेको छ । नगरपालिकाले नगरभित्र रहेका सरकारी

रौतहट । रौतहटको सदरमुकाम गौरस्थित सशस्त्र प्रहरीको गस्ती टोलीले स्रोत नखुलेको लाखौं रूपैयाँसहित दुई जना युवकलाई नियन्त्रणमा लिएको छ ।

सोलुखुम्बु । सोलुखुम्बुका एक हजार एक सयभन्दा बढी परिवार अन्धकारमा बस्न बाध्य छन् । जिल्लाको महाकुलुङ गाउँपालिका र सोताङ गाउँपालिका

जनकपुरधाम । जनकपुरधाममा एकै समारोहमा २६ जोडीको विवाह सुसम्पन्न भएको छ । जनकपुरधामलाई वैवाहिक गन्तव्यका रुपमा विकास र प्रचारप्रसार गर्न

ताजा समाचार

बाजुरामा किन अझै शुरु भएन मतगणना ?
 २०७९,मङ्सिर,१५,बिहीवार ११:२३
सुत्केरीलाई पाँच हजार भत्ता
 २०७९,मङ्सिर,१५,बिहीवार ११:०८
अट्टाहस
 २०७९,मङ्सिर,१५,बिहीवार ११:०७
अर्जेन्टिना नकआउट चरणमा
 २०७९,मङ्सिर,१५,बिहीवार १०:३२
स्याङ्जा–२ मा कांग्रेसका गुरुङको अग्रता
 २०७९,मङ्सिर,१५,बिहीवार ०९:२०