द्वारिकलाल चौधरी माओवादी प्रवेशका लागि काठमाडौं हिडे

लोकपथ
117
Shares

इटहरी । इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी माओवादी केन्द्र प्रवेश गर्ने भएका छन् ।

नेकपा एमालेका प्रदेश समिति सदस्यसमेत रहेका चौधरीले आफू माओवादीमा प्रवेश गर्न लागेको बताएका हुन् । एमालेबाट सांसदको टिकट पाउने नपाउने निश्चित नभएपछि उनी माओवादीमा प्रवेश गर्न लागेका हुन । माओवादी प्रवेशपछि प्रदेश सांसदका लागि टिकट पाउने बुझिएको छ ।

आइतवार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातको टीका लगाएर प्रवेश गर्ने तयारीका लागि आज काठमाडौं आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?