डेंगुका बिरामी हालसम्मकै उच्च

लोकपथ
52
Shares

काठमाडौं । नेपालमा डेंगुका बिरामीको संख्या ३० हजारभन्दा माथि पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउन यता डेंगु संक्रमितको संख्या बढेको थियो ।

हाल देशभर ३० हजार १ सय ८६ जना डेंगुका बिरामी उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो संख्या हालसम्म कै उच्च हो ।दसैँको मुखमा डेंगु लागेपछि सर्वसाधारणको विचल्ली भएको छ । डेंगुबाट हालसम्म ३९ जना बिरामीको मृत्यु भइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?