मेयर बालेन शाहविरुद्ध बांगेमुढामा पुत्ला दहनसहित प्रदर्शन

लोकपथ
91
Shares

काठमाडौं । काठमाडौंको बांगेमुढास्थित सामुदायिक भवनमा महानगरपालिकाले डोजर चलाएको विरोधमा स्थानीय वासिन्दाले शनिवार साँझ प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध नाराबाजी गरेका हुन्, नाराबाजीका क्रममा मेयर शाहको पुत्ला पनि जलाईएको थियो ।

‘डोजर आतंक बन्द गर’ ‘नेवा विरोधी होसियार’ जस्ता नाराबाजी गर्दै बांगेमुढा क्षेत्र परिक्रमा गरेका थिए । सो क्रममा आक्रोशित स्थानीय वासिन्दाले महानगरपालिका– २५ का वडाध्यक्षविरुद्ध पनि नाराबाजी गरेका छन् ।

महानगरपालिकाले गत शुक्रवार वडा नम्बर २५ मा रहेको एक सामुदायिक भवन डोजर लगाएर भत्काएपछि स्थानीय वासिन्दा आन्दोलनमा उत्रिएका हुन् । स्थानीय वासिन्दाको आन्दोलनमा समर्थन गर्न काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार सुमन सायमीलगायत पुगेका थिए ।

सार्वजनिक मन्तब्य राख्ने क्रममा सायमीले सामुदायिक भवनमा डोजर लगाएर काठमाडौं महानगरपालिकाले कानुन विपरीत काम गरिरहेको आरोपसमेत सयामीले लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?