हेर्नुहोस् देश विदेशका ताजा समाचारहरु लोकपथ टप फिप्टिनमा (भिडियोसहित)

लोकपथ
39
Shares

१. आज नवरात्रको छैटौँ दिन, देशभरका शक्तिपिठहरूमा दुर्गाको स्वरुप कात्यायनी देवीको पूजा आराधना गरि मनाइयो ।

२. ज्येष्ठ नागरिकको ज्ञान र अनुभवलाई पुस्तान्तरण गर्न आवश्यक रहेको राष्ट्रपति विद्यादेवी भण्डारीको भनाइ, ज्येष्ठ नागरिकलाई सार्वजनिक सेवामा सहज पहुँच सुनिश्चित गर्न गरिएका व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न ध्यानाकर्षण ।

३.आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची संशोधन गर्न १ दिनमात्र बाँकी, सम्बन्धित दललाई संशोधनका लागि पत्र पठाएको मितिले सात दिनभित्र संशोधन पेस गर्नुपर्ने ।

४. दसैँमा घर फर्कन बसको टिकट नपाउँदा यात्रुहरुको बिचल्ली, बस व्यवसायी र प्रहरीले आफन्तहरुलाई टिकट बाँडेको सर्वसाधरणको आरोप ।

५.नेपालको राजनीति र समाजलाई रुपान्तरणकारी दिशामा ल्याउने राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको प्रतिबद्धता, समाजलाई परिवर्तन गरेरै छोड्ने दाबी ।

६. नारायणी किनारलाई अन्तर्राष्ट्रिय पर्यटकीयस्थल बनाउन तीन मन्त्रालयले गरे काम सुरू, एक वर्ष ६ महिनाभित्रमा काम सम्पन्न गर्ने गरी बोलपत्र आह्वान ।

७. सल्यानबाट खैराबाङ मन्दिर जाँदै गरेको रा १ ज ७९८ नम्बरको जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु, १७ जना घाइते, घाइतेहरुको जिल्ला अस्पताल सल्यानमा उपचार हुँदै ।

८. नेपालमा मनसुन सरदर मिति भन्दा केही दिन ढिला बाहिरिने, दसैंको नवमी, विजया दशमी र एकादशीमा मनसुनी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाद्वारा जानकारी ।

९. दसैँ नजिकिएसँगै बजारमा अनियमितता र उपभोग्य वस्तुमा हुने मिसावट कम गर्न काठमाडौं महानगरको अनुगमन तिव्र, महानगरपालिकाका कर्मचारीसहितको अनुगमन टोली बजारमा ।

१०. हिन्दूको महान पर्व दसैंको मुख्य दिन नजिकिएसँगै काठमाडौँ उपत्यका छाड्नेहरुको संख्या दिनदिनै बढ्दै, आज मात्रै दुई लाख बढी मानिसहरुले उपत्यका छाड्ने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको अनुमान ।

११. यसपालिको दसैँमा ५५ अर्ब रुपैयाँ बराबरका नयाँ नोट साटियो, नयाँ नोट बनाउन खर्च लाग्ने भएकाले नोटको जतन गर्न राष्ट्र बैंकको आग्रह ।

१२. नयाँ कब्जा गरिएका क्षेत्रहरूको रक्षा गर्न आणविक हतियारहरू प्रयोग गर्ने रुसी धम्कीबाट नडराउने अमेरिकी राष्ट्रपति जो बाइडेनको चेतावनी, यूक्रेन र पश्चिमी सरकारहरूले भने मतदानलाई मान्यता नदिने ।

१३. इरानमा हिरासतमा एक महिलाको मृत्युपछि सुरु भएको हिंसात्मक सडक आन्दोलनमा हालसम्म ७६ जनाभन्दा बढीको मृत्यु, आजमात्रै ९ जना जना युरोपेली नागरिक पक्राउ ।

१४. अमेरिकाले चुम्यो एफआईबीए महिला विश्वकप बास्केटबलको उपाधि, अष्ट्रेलियाको सिड्नीमा भएको फाइनल खेलमा ची ८३–६१ ले पराजित ।

१५.र नाबालिगलाई बलात्कार गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने असोज २० गते नेपाल आइपुग्ने, आफूविरुद्ध झुटो आरोप लागेको बताउँदै नेपाल फर्के लगत्तै कानुनी लडाईँ लड्ने भनाइ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?