३२ यात्रुहरु सवार बसमा आगलागी

लोकपथ
104
Shares
cfunfuLaf6 Ifltu|:t a; ;8saf6 x6fpFb} ofq’ vf]6fª, !% c;f]h M vf]6fªsf] xn];L t’jfr’ª gu/kflnsf–! afx’gL8fF8fl:yt sb’jf glhs}sf] 3’DtLdf u’l8/x]sf] a;df cfuf]nfuL ePkl5 Ifltu|:t a;nfO{ ;8saf6 x6fpg] k|of; ub}{ ofq’ . sf7df8f}Faf6 ofq’ lnP/ vf]6fªtkm{ cfO/x]sf] af # v *(*! gDa/sf] ofq’afxs a;df cfh -zlgaf/_ lbpF;f] ;f9] rf/ ah] PSsf;L cfunfuL ePsf] xf] . t:jL/ ;f}hGo M :yfgLo /f]dg /fO{

काठमाडौं । खोटाङमा गुडिरहेको बसमा आगलागी भएको छ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको कदुवा नजिकैको घुम्तीमा गुडिरहेको अवस्थामा बसमा अचानक आगलागी भएको हो ।

काठमाडौंबाट यात्रु लिएर खोटाङतर्फ आइरहेको बा३ख ८९८१ नम्बरको यात्रुवाहक बसमा आज साँझ आगलागी भएको थियो । आगलागीबाट बस र बसमा रहेका सामान जलेर नष्ट भएका छन् । तर, आगलागीबाट कुनैपनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

बसमा आगलागी भएपछि त्यसमा सवार यात्रु अलपत्र परेका थिए। बसमा ३२ यात्रुहरु सवार रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?