२१ मङ्सिर २०७९, बुधबार

डेंगु नियन्त्रण गर्न भन्दै नेविसंघले बुझायो स्वास्थ्यमन्त्रीलाई ध्यानाकर्षण पत्र

२०७९,आश्विन,१५,शनिवार १८:३६

45
Shares

काठमाडौं । नेपाल विद्यार्थी संघले स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङ ज्ञापनपत्र बुझाएको छ । शनिवार मन्त्री क्वार्टरमा स्वास्थ्य तथा जनसंख्यामन्त्री खापुङलाई भेटेर उनीहरुले डेंगु नियन्त्रणप्रति सरकार गम्भीर बन्न ध्यानाकर्षण गराएका हुन् । उनीहरुले नागरिकको स्वास्थ्यप्रति सरकारले चासो र चिन्ता लिनुपर्ने बताए ।

उनीहरुले सरकारले डेंगु नियन्त्रणको लागि यथाशीघ्र डेंगु उपचारको मुख्य औषधि प्यारा सिटामोलको उचित व्यवस्थापन गर्न, अस्पतालमा पर्याप्त शैय्या उपलब्ध गराउनुपर्ने, उपचार निःशुल्क हुनुपर्ने, डेंगु परीक्षणको किटको अभाव भएकाले उक्त किटको व्यवस्थापन र परीक्षण निःशुल्क हुनुपर्ने, राज्यले जनचेतनामुलक कार्यक्रम गर्नुपर्ने, डेंगुलाई सरकारले चाँडोभन्दा चाँडो डेंगु प्रकोप घोषणा गरी राज्यका सबै संयन्त्र रोकथाममा लाग्नुपर्ने लगायतका माग राखेको छ ।

ज्ञापनपत्र बुझ्दै स्वास्थ्यमन्त्री खापुङले डेंगु रोकथामको लागि सरकार लागिरहेको बताए । उनले सरकार अहिले खोज र नष्ट गर भन्ने अभियान सञ्चालन गरेर लामखुट्टेलाई नष्ट गर्ने काममा लागेको बताए । उनले प्रत्येक शनिवार १० बजे १० मिनट खोज र नष्ट गर भन्ने अभियान चलाएको र सरकारले पानी जमेका ठाउँहरु र फोहोर भएका ठाउँहरु नष्ट गर्ने काममा लागेको जानकारी दिएका छन् ।

उनले यसमा स्थनीय तह बढी क्रियाशील हुनुपर्ने बताए । मन्त्री खापुङले काठमाडौं महानगरलाई यसको जिम्मा दिएपनि अपेक्षा अनुसार काम नभएको जस्तो पाइएको बताए । उनले आफूलाई प्राप्त रिपोर्ट अनुसार बजारमा औषधि अभाव नरहेको दाबी गरे । शंकटकाल घोषणा गरिसक्नुपर्ने तहमा डेंगुको महामारी नपुगेको मन्त्री खापुङको भनाइ छ ।

त्यस्तै, नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले सरकार छ भन्ने अनुभुति जनताले गर्ने गरेर सरकारले काम गर्नुपर्ने बताए । उनले डेंगुको महामारी अहिले बढीरहेकोले सरकारले जनतालाई सरकार छ भन्ने अनुभुति दिलाउन नसकेको बताए । उनले डेंगुको उपचार भइरहेको अस्पतालहरुमा डेंगु सम्बन्धि सम्पूर्ण उपचार निःशुल्क हुनुपर्ने बताएका हुन् ।

उनले जनतालाई प्रत्यक्ष रुपमा सरकार साथमा रहेको छ भन्ने भान दिलाउन संघले सरकारको ध्यानाकर्षण गराएको बताए । उनले सरकार विभिन्न बहानामा डेंगु नियन्त्रणबाट भाग्न नमिल्ने जिकिरसमेत गरे ।

प्रकाशित मिति: २०७९,आश्विन,१५,शनिवार १८:३६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

हरिनगर । हरिनगर गाउँपालिका सुनसरीको प्रशासनीक भवन निर्माण कार्यलाई द्रुत गतिमा सम्पन्न गर्न लागिएको छ । हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले चक्रपथ विस्तारको कामलाई

काठमाडौं । खाद्यान्न बोकेर हुम्लाका लागि उडेको तारा एअरको जहाज चरासँग ठोक्किएको छ । बुधबार बिहान ११:३७ मा नेपालगन्जबाट हुम्लाको

बुटवल । बाँकेको नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसी र अर्थ सहकारी मन्त्री कृष्ण

ताजा समाचार