दसैँको दक्षिणालाई यसरी गरौँ सदुपयोग

लोकपथ
273
Shares

नेपाली हिन्दुहरुको महान् चाड दसैँ सकिने तरखरमा छ । दसैँमा आफ्ना मान्यजनहरुको हातबाट टिका जमरा र आशिर्वाद ग्रहण गर्ने प्रचलन रहिआएको छ । नेपालीहरुले धेरै खर्च गर्ने चाडहरु मध्ये दसैँ पनि एक हो ।

घरका साना बालबालिकाहरुका लागि दसैँ विशेष महत्वपूर्ण हुने गरेको छ । कारण हो– दक्षिणा । दक्षिणा कति उठ्छ, मामाघरमा यति दिनुभयो आदि इत्यादी कुराले पनि उनीहरुलाई छुट्टै रमालो हुने गरेको छ । तर, त्यो दक्षिणा सदुपयोग गर्न भने धेरैले जानेका हुँदैनन् । दक्षिणालाई जोगाएर राख्ने मन हुँदा पनि खर्च भइरहेको हुन्छ ।

दसैँको दक्षिणालाई कसरी सदुपयोग गर्ने त ?
दशैंको दक्षिणालाई जीवनका महत्वपूर्ण घडीमा काम लाग्ने स्थानमा लगानी गर्न सकिन्छ । तर, त्यसका लागि के गर्ने त ?

बैकंमा खाता खोल्ने
दसैँको दक्षिणाको सदुपयोग गर्न बैंकमा खाता खोल्नुहोस् र आफ्नो पैसा त्यसमा जम्मा गर्नुहोस् जसले तपाईको पैसालाई जोगाएर त राख्छ नै तपाईलाई पैसा जोगाउन पनि सिकाउँछ ।
सानै रकमबाट सामान्य बचत शुरु गर्न पनि सकिन्छ । आजको बचत नै भविष्यको सारथी हो । त्यसैले दसैँमा जम्मा भएको दक्षिणा बैंकमा जम्मा गर्नुहोस् ।

बीमा गर्ने

दसैँमा जम्मा भएको रकमबाट बीमा गर्न पनि सकिन्छ । बीमा गर्नका लागि ठूलै रकम चाहिन्छ भन्ने छैन । आफूलाई उपयुक्त हुने बीमा योजना छनौट गर्न पनि सकिन्छ । दसैँपछिको अवधिलाई बीमा शुल्क भुक्तान गर्ने अवधि बनाएर दसैँमा जम्मा भएको दक्षिणा पनि त्यसैमा समावेश गर्न सकिन्छ ।

सेयरमा लगानी

दसैँमा जम्मा भएको रकम शेयर बजारमा पनि लगानी गर्न सकिन्छ । सेयर बजारमा लगानी गर्नका लागि ठुलै पुँजी चाहिन्न । सानो रकमबाट पनि सेयर बजारमा लगानी गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?