अब्दुस मियाँ गोरखा २ बाट चुनाब लड्ने !

लोकपथ
130
Shares

गोरखा। गोरखा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा चुनावमा अब्दुस मियाँ उम्मेदवार बन्ने चर्चा सुरु भएको छ ।

नेकपा एमालेको तर्फबाट मियाँ प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारी गरेका हुन् । उनी गत ६ असोजमा नेकपा एमालेमा प्रवेश गरेका थिए । एमालेका अध्यक्ष केपी शर्मा ओलीले नै उनलाई पार्टीमा प्रवेश गराएका थिए ।

त्यस अघि मियाँ काठमाडौं ६ मा स्वतन्त्र चुनाव उठ्ने घोषणा गरिसकेका थिए । उनलाई पार्टी प्रवेश गराएपछि भएको एमालेको सचिवालय बैठकमा उनको व्यवस्थापनका विषयमा छलफल भएको थियो ।

उनलाई काठमाडौं ६ बाट वा गोरखा २ बाट उम्मेदवार बनाउने भन्ने बिषयमा सचिवालय बैठकमा छलफल भएको थियो ।

गोरखा २ मा टिकट दिनका लागि लागि एमाले गोरखाका नेताहरुले केन्द्रीय कमिटीमा लबिङ पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?