खेलाडीको दसैँ : नवौँ राष्ट्रिय प्रतियोगिताको सपनामा खेलाडी

हिन्दुहरूको महान् चाड दसैँको रमझम सुरु भइसकेको छ । दसैँले दिने आनन्द अलग्गै किसिमको हुने गर्छ । त्यसैले सहर पुगेकाहरू गाउँ फर्किरहेका छन् । गाउँमै भएकाहरू सहर र विदेशबाट आफन्त आउँछन् भनेर खानेकुराको किनमेलमा व्यस्त हुन थालेका छन् भने सहरमा भएकाहरू लुगाफाटो किन्नमा व्यस्त भइरहेका छन् । हर्ष र उल्लासका साथ वर्षमा एक पटक आउने दसैँको चाडले भने यस पटक नेपालका चर्चित खेलाडीहरूलाई कमै प्रभाव पर्ने देखिएको छ ।

सधैँ खेल मैदानमा देखिने नेपाली खेलाडीहरूले विगतका वर्षहरूमा झैँ उल्लासका साथ मनाउने सोचाई राखेका थिए । तर यस पटक नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुने दिन नजिकिएसँगै खेलाडीहरू दसैँ मनाउने भन्दा पनि यस प्रतियोगिताको तयारीमा जुट्नु पर्ने भएको छ । नवौँ राष्ट्रिय प्रतियोगिताको तयारीका लागि कतिपय खेलाडीले छोटो अवधिको छुट्टी पाएका छन् भने कतिपयले बिदा नपाएर तयारीमै जुट्नु पर्ने भएको छ ।

दसैँका पुराना सम्झनाहरू साँचेर अहिले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा रहेका छन् यो प्रतियोगितामा सहभागी नभएका केही चर्चित खेलाडीहरूसँग लोकपथले दसैँ सम्झना र यस पटकको योजनाको विषयमा कुराकानी गरेको थियो ।

रुविना क्षेत्री, क्रिकेटर

दसैँ भन्ने बित्तिकै छुट्टै आनन्द महसुस हुने गर्छ । दसैँको माहौल अरू चाडपर्वको तुलनामा बढी नै स्पेसल हुन्छ । घर परिवारसँग गरिने रमाइलो, मिठो–मिठो खानेकुरा, सपिङले गर्दा पनि दसैँ विशेष लाग्छ । तर यस वर्षको दसैँमा भने म ब्यारेक मै मनाउने योजनामा छु । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तयारी थालिसकेका कारण क्याम्प मै हुन्छु । यसपालि घर गएर दसैँ मनाउने योजना छैन । ब्यारेकमै यस पटक पहिलो पटक दसैँ मनाउने प्लानमा छु । ब्यारेकमै पहिलो पटक दसैँ मनाउने भएकाले पनि एक्साइटेड भइरहेको छु ।

राष्ट्रिय महिला क्रिकेट कप्तान रुविनालाई अभिनन्दन - Purwanchal Daily

मलाई हाइटसँग डर लाग्छ । बच्चा बेलामा मम्मीसँग पिङ खेल्नका लागि गएको थिए । डरले पिङ खेल्दा खेल्दै पिङबाट हाम फालेको थिए । त्यसपछि मैले पिङ अहिलेसम्म खेलेको छैन ।

सानोमा दसैँमा दक्षिणाको पनि निकै महत्त्व हुन्थ्यो । मेरो त दसैँमा दक्षिणा यति उठ्यो भन्दै स्कुलका साथीहरूसँग कुरा गरिन्थ्यो । दक्षिणाले आफूलाई मन परेको कुरा किनिन्थ्यो । मम्मीलाई पैसा राख्न दिइन्थ्यो । निकै रमाइलो हुन्थ्यो ।

यसपालि दसैँमा खासै सपिङको प्लान छैन । दुखसुख गरेर एउटा घर बनाउँदै छु । सपिङको पैसा पनि त्यता नै जान्छ होला ।

पलेसा गोवर्धन, तेक्वाण्दो

मलाई दसैँ निकै खास लाग्छ । परिवारहरूसँग निकै ‘क्वालिटी टाइम स्पेन्ड’ हुने भएकाले पनि मलाई दसैँ निकै खास लाग्छ । दसैँको बेलामा हामीहरू मन्दिर जाने प्लानमा छौँ ।

हामी नेवारहरूको दसैँमा धेरै किसिमका परिकार पकाउने चलन हुन्छ । खाना खाने, परिवारसँग बसेर रमाइला कुराकानी गर्ने, फिल्म हेर्ने, आफन्तजनहरूसँग टिका लगाएर आशीर्वाद लिने यसरी नै दसैँ मनाउने प्लान छ ।
दसैँमा पिङ खेल्नुको मज्जा नै बेग्लै हुन्छ । सानो छँदा धेरै नै पिङ खेलिन्थ्यो अहिले भने खेलेको छैन यो पालि खेल्ने सोच छ । बच्चा बेलामा म र मेरी दिदी र बहिनीलाई कुमारी बनाइन्थ्यो । हामीलाई धेरै जनाको घर घर लगिन्थ्यो । कपी, पैसा, गिफ्ट, खानेकुरा आदी दिनुहुन्थ्यो ।

एसियन युथ पारा गेम्समा पलेसाले राष्ट्रिय झण्डा बोक्ने Nepali Digital Newspaper

सबै देश र विदेशमा बस्नु भएका नेपाली दिदी बहिनी दाजुभाइहरूलाई सुरक्षित भएर दसैँ मनाउन आग्रह गर्दछु । पोहोर परार तिर कोरोनाको कहर थियो यस पटक पनि डेंगूको प्रकोप छ । त्यसैले सुरक्षित भएर दसैँ मनाऔँ विजया दशमीको शुभकामना ।

विकास थापा, भारोत्तोलन

यस पटकको दसैँ नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तयारीमा बिताउने योजना छ । २८ गतेबाट प्रतियोगिता सुरु हुने भएकाले अहिले देखिनै ट्रेनिङमा व्यस्त भएको छु ।

May be an image of 1 person, beard, biceps and standing

दसैँकै दिन मात्रै टिका लगाउनलाई परिवार र आफन्तसँग भेट गरे पनि पुरै दसैँमा रमाइलो भेटघाट र घुमघामको सम्भावना भने छैन ।

रेखा पौडेल, फुटबल

गाउँ घरमा दसैँको माहौल नै छुट्टै हुन्छ । गाउँमा हालिने लिङ्गे पिङ, चङ्गा, लङ्गुर बुर्जा आदीले पनि दसैँलाई धेरै रमाइलो बनाउँछ । आमाबुबाको हातबाट टिका लगाउनु, दक्षिणा लिनु र विभिन्न परिकारहरू खानुले पनि दसैँ मलाई निकै खास लाग्छ ।

No photo description available.

तर नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका कारण यस पटक म ब्यारेकमै हुन्छु । हरेक वर्षको दसैँ घरका आफन्तहरूसँग मनाएरै बिताउने गरेकोमा यस पटक भने ब्यारेकमै मनाइन्छ होला । यो वर्ष दसैँको उल्लासले भन्दा पनि गेमको तयारीलाई विशेष ध्यान दिनुपर्ने अवस्था आएको छ ।

शरद भेस्वाकर, क्रिकेट

दसैँ निकै रमाइलो लाग्छ त्यसैले दसैँमा यस पटक छुट्टी लिएको छु । परिवारहरूसँग टिका लगाएपछि घुम्न निस्कने प्लान छ । कहाँ जान्छु भन्ने अझै फिक्स गरेको त छैन तर घुम्न भने अवश्य निस्कन्छु । दसैँमा सपिङ गर्ने प्लानमा छु । तर अहिले भन्दा पनि बाल्यकालमा सपिङको धेरै महत्त्व हुन्थ्यो । दसैँमा निकै अगाडीबाट सपिङको प्लान हुन्थ्यो दसैँमा यो किन्छु त्यो किन्छु भन्ने हुन्थ्यो ।

May be an image of 3 people

दसैँमा पिङ खेल्न पहिले लाइन लागेर बस्ने गरिन्थ्यो । बिहान खाना खाएपछि नै पिङ हालेको ठाउँमा बास हुन्थ्यो, यस पटक पनि पिङ खेल्छु । चङ्गा उडाउँछु । साथीभाइहरूसँग रमाइलो गर्ने प्लान छ ।

सावित्रा भण्डारी, फुटबल

दसैँमा यस पटक घर जान्न, काठमाडौँमै मनाउने योजना छ । हाल क्लोज क्याम्पमा ट्रेनिङ चलिरहेको छ ।
सानो हुँदाको दसैँ नै रमाइलो हुन्थ्यो । पिङ खेल्नका लागि भनेर घण्टौँसम्म लाइनमा बस्थ्यौ । चङ्गा उडाइन्थ्यो । विभिन्न ठाउँमा घुम्न गइन्थ्यो । घरकै सहस्यहरु बसेर मिठो मिठो खानेकुरा पकाएर खाइन्थ्यो, तास खेलिन्थ्यो ।

May be an image of 1 person, standing, footwear and outdoors

अहिले उमेर बढेसँगै चाडपर्वमा हुने रमाइलोमा कमी भएको महसुस हुने रहेछ । पहिले दसैँको बेला टिका लगाएर पाएको थोरै दक्षिणाले पनि निकै ठुलो खुसी दिन्थ्यो । हामी ४ जना दिदी बहिनी घरमा दक्षिणा गन्थ्यौँ । मेरो यती भयो यो पैसाले अब यो किन्छु त्यो किन्छु । अहिले पनि दसैँ नरमाइलो भयो भन्ने होइन । तर जुन हिसाबको सानो उमेरमा सानो कुराले बढी खुसी दिन्थ्यो उमेर बढ्दै गएपछि त्यसमा कमी चाही आउँदो रहेछ ।

रेस्मा भण्डारी, भलिबल

दसैँ भन्नासाथ मलाई परिवार र साथीभाइहरूसँग बिताइका रमाइलो पल जस्तो लाग्छ । दसैँका लागि भनेर काम गर्न वा पढ्नका लागि विदेश होस वा देश भित्र पनि फरक फरक जिल्लामा भएका सबै मानिसहरू चाडपर्व मनाउन आफ्नो परिवारसँग रमाइलो गर्न घरमै आइपुग्छन् ।

May be an image of 1 person and outdoors

यस पटकको दसैँको सपिङ गरिसके । यस पटक नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता भएकाले दसैँमा धेरै दिन बिदा छैन । नवमी र दशमीको दिन छुट्टी छ । त्यो दिन घर परिवारसँग बसेर सेलिब्रेट गर्ने प्लानमा छु । त्यसपछि त फेरी ट्रेनिङ मै गइहाल्नु पर्छ ।

पिङ खेल्न मलाइ खुब मन पर्छ । यस पटक पनि पिङ खेल्छु । सानो हुँदा घरको सबै जनाले दसैँमा टिका लगाइदिनुहुन्थ्यो । म र मेरो बहिनीको दक्षिणा ठ्याक्कै बराबर हुन्थ्यो । तर म दिदी भएकाले मैले बहिनीलाई टीका लगाएर दक्षिणा दिनुपर्दा साह्रै दुख लाग्थ्यो । त्यसैले २० रुपैयाँ मात्रै दिन्थे ।

भरत खवास, फुटबल

Bharat Khawas could be the right option for Johan Kalin !

यस पटकको दसैँ काठमाडौँमै मनाउने प्लान छ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका कारण क्लोज क्याम्पमा नै रहेको छु । ब्यारेक भित्र नै दसैँ मनाउने योजना छ । काठमाडौँमै भएका आफन्तहरूसँग समय मिलाएर टिका लगाउने सोच छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?