दसैँमा लामो यात्रा गर्दै हुनुहुन्छ ? यी कुरामा होस पुर्‍याउनुहाेस्

लोकपथ
117
Shares

दसैँ छाइसक्यो । पक्कै पनि कोही घर जाने तरखरमा हुनुहुन्छ होला । अथवा, कोही जाने सुरसारमा हुनुहुन्छ होला । विशेषगरी यो सामग्री घर जाने सुरसार गरेका र लामो यात्रा तय गर्नेका लागि बढी उपायोगी हुनसक्छ ।
किनभने, पछिल्लो समय दसैँमा थपिएको एउटा सिरिज हो घुमघाम पनि । लामो विदा हुने भएकाले पनि पक्कै पनि धेरैले लङ ड्राइभ नै रोज्छन् । तर, लङ ड्राईभ हामीले सोचजस्तो नहुन पनि सक्छ ।

भौगोलिक बनावट, मौसम, सडकको अवस्थालगायतका कारण लङ ड्राईभमा निस्कनुभन्दा पहिला हामीले केही कुरा सोच्नैपर्छ :
– सवारी साधानको कन्डिसन राम्रो बनाएर मात्रै यात्रामा निस्कनुपर्छ ।
– सकेसम्म अनुभवी मान्छेले सवारी हाँक्नुपर्छ ।
– खाली रोड छ भन्दैमा सवारीको गति धेरै बढाउनु हुँदैन ।
– घुम्ति र मोडहरुमा विशेष ध्यान दिनुपर्छ ।
– नयाँ लोकसनमा जाँदा कम्तिमा पहिल्यै त्यो ठाउँको बारेमा केहि जानकारी लिनुपर्छ ।
– सवारी साधनमा केहि खानेकुराहरु राखिरहनुपर्छ ।
– दुई जना चालक हुँदा राम्रो हुन्छ ।
– प्राथमिक उपचारको सामानहरु साथमा बोकेर हिड्नुपर्छ ।

हो, यति कुरामा सचेत भएको खण्डमा पनि हामी हाम्रो यात्रा सहज बनाउन सक्छौँ । हामीले यहाँ चर्चा गर्न खोजेको विषय हो, प्राथमिक उपचारका सामाग्री अर्थात् फस्र्ट एड बक्सको ।

मानौं, तपाईंको यात्रामा हिँडेकामध्ये कसैलाई सामान्य चोट लाग्यो । अब के गर्ने यो अलमल र दुःखबाट पार पाउन, कसैलाई रिँगटा लाग्ने, टाउको दुख्ने, वान्ता आउने जस्तो सामान्य किसिमको तर, यात्रा खल्लो बनाउने गरी समस्या निम्तिहाल्यो भने के गर्ने ? खानपिन चलिरहेकै बेला छ्यास्स पोल्यो भने के गर्ने ? हरियाली देखेर फोटो खिच्न पोज दिनुभएको थियो सर्पले डस्यो अब के गर्ने ? बाटो अलमल्ल पर्नुभयो अब के गर्ने ? हो यस्तै अब के गर्ने भन्ने किसिमका समस्या समाधान गर्नका लागि र यो दुविधाबाट पार पाउनको लागि हाम्रो गाडीमा फस्र्ट एड बक्स हुनैपर्छ ।

संभावित जोखिमबाट आफू बच्न अरुलाई बचाउनको लागि, अवस्था थप खराब वा जोखिमपूर्ण हुन नदिनको लागि उचित उपचारका लागि सम्बन्धित स्थानमा नपुगुन्जेलसम्मको अवस्था ठिक राख्नको लागि, केहि भैपरी हाल्यो भने तत्काल समाधान गर्न । स–साना अप्ठेरोबाट सहजै पार पाउनको लागि यहाँ बोक्नै पर्ने सामग्रीहरुको लिस्ट नै प्रस्तुत गरिएको छ :
– थर्मामिटर
– ह्याण्डी प्लाष्ट
– सिटामोल
– नेल कटर
– सियो धागो
– टेप
– ब्याण्डेज
– महिलाहरुले सेनेटरी प्याड छुटाउनु हुँदैन ।
– हलुका खानेकुरा गाडीमा राख्नुपर्छ ।
– प्राथमिक उपचारबारे थाहा पाउनुपर्छ ।
– सामान्य सवारी दुर्घटना पर्दा गर्नुपर्ने काम र अपनाउनुपर्ने उपायबारे थाहा पाउनुपर्छ ।
– घाइतेलाई सुरक्षित ठाउँमा राख्ने ।
– श्वासप्रश्वास निरिक्षण गर्ने ।
– रगत बगिरहेको भए रक्तश्राव रोक्ने ।
– मुटुको चाल बन्द भएको भए तुरुन्तै कार्डियो मसाज दिने ।
– हात खुट्टा भाँचिएको भए काम्रो बाध्ने ।
– फस्र्ट एडको बक्स गाडी राख्दा राम्रो हुन्छ ।
– आपतकालीन फोन नम्बरहरूको एक सूची
– विभिन्न आकारका ब्याण्डेज प्याडहरू
– टेप
– विभिन्न आकारका पट्टी
– एन्टिसेप्टिक वाइपहरू
– साबुन
– एन्टिबायोटिक मलम
– सिटामिनोफेन र आईबुप्रोफेन
– चिम्टी
– कैंची
– पिनहरु
– लोशन
– मदिरा वाइप
– फ्ल्यासलाइट
तपाईंको सफल यात्राका लागि शुभकामना !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?