‘आगामी निर्वाचनमा राष्ट्रवादी र आत्मसमर्पणवादीबीच प्रतिस्पर्धा’

लोकपथ
91
Shares

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हाल विकसित ध्रुविकरणलाई हेर्दा आगामी निर्वाचनमा राष्ट्रवादी र आत्मसमर्पणवादीबीच प्रतिस्पर्धा हुने देखिएको बताएका छन् ।

शनिवार बागमती गाउँपालिकाको फापरबारिमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले राष्ट्रलाई माया गर्ने र विदेशी चलखेलबाट देशलाई मुक्त पार्न चाहनेहरुजती आगामी चुनावमा सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

मुलुक कुशासनको दलदलमा भासिएको भ्रष्टाचारको चक्रब्युहमा फसेको भन्दै थापाले राष्ट्रबादी भावना नभएकाहरुले देशको स्वाभिमान जोगाउन नसक्ने जिकिर गरे ।

पछिल्लो समय मुलुकलाई स्थिरता र समृद्धिको बाटोबाट लैजाने भन्दा अस्थिर बनाई बिदेशी प्रभावलाई बढाउने खेल भैइरहेको भन्दै थापाले अब जनता सचेत र जागरुक हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाली काङ्ग्रेस परित्याग गर्ने तरुण दलका नेता सुर्य थोकर, नेपाली काङ्ग्रेस बागमती गाउँ कमिटी सचिव सिरित राई, तरुण दल बागमती १ अध्यक्ष प्रेम लोप्चन, राप्रपा सम्बद्ध युबा बागमती अध्यक्ष आशमान बल, बागमती २ का पुराना राजनीतिकर्मी सुकराम राई, राप्रपा वडा अध्यक्षहरु शरणकाजी श्रेष्ठ ,सुमन राई लगायत दर्जनौं कार्यकर्ताहरु राप्रपा नेपाल प्रवेश गरेका थिए । कार्यक्रममा नेताहरु गणेश थापा,राजाराम बर्तौला, गुरु प्रसाद सापकोटा ,दिल बहादुर बल, प्रेम लोप्चन, सुर्य थोकर , सिरित राई, मदन राना लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?