१५ मङ्सिर २०७९, बिहीवार

प्रमाणमा आधारित नीति निर्माण गर्न निम्बस र दायित्वबीच सहकार्य

२०७९,आश्विन,१५,शनिवार १४:२८

18
Shares

काठमाडौं । नेपालमा युवा र सरकारबीचको विश्वास बढाउन र प्रमाणमा आधारित नीति निर्माणलाई प्रवर्धन गर्न निम्बस र दायित्व बीच साझेदारी भएको छ ।

देशमा नवप्रर्वतन, सहकार्य र सेवाको भावले एक उद्यमशील नेपाल सृजन गर्न सकिने साझा दुरदृष्टिलाई यस सम्झौताले अझ मजबुद बनाउने विश्वास छ ।

निम्बस र दायित्वबीच ३० सेप्टेम्बर २०२२ अर्थात शुक्रवार (हिजो) हस्ताक्षर गरिएको समझदारी पत्र अनुसार निम्बसले दायित्व नेपाल जन नीति फेलोशिप कार्यक्रम अन्तर्गत २०२३ मा ३ जना फेलोहरुलाई स्पोन्सर गर्नेछ ।

सन् २०१३ देखि दायित्वले संघीय, प्रान्तीय र स्थानिय तहमा ७४ सरकारी संस्थाहरु र २४ सांसदहरुसँगको सहकार्यमा नीति अनुसन्धानमा सहयोग पुर्‍याउन विभिन्न ३० वटा देशबाट प्रशिक्षित कुल एक सय वटा ६४ दायित्व फेलोहरुको ११ वटा समूहलाई परिचालन गरिसकेको छ ।

विश्वव्यापी प्रतिस्पर्धामार्फत छनोट गरिने रिसर्च फेलोहरुले ३ देखि ६ महिनासम्म सम्बन्धीत मन्त्रालयका अधिकारीहरु र विभिन्न नीति तथा अनुसन्धन विज्ञहरुको मेन्टरिङमा, लगानीमा पहुँच, युवा रोजगारी, महिलाको आर्थिक सशक्तिकरण, मूल्य श्रृंखला र शासन सुधारलगायतका विषयवस्तुमा नीतिगत अनुसन्धान गर्नेछन् ।

हस्ताक्षर पश्चात बोल्दै निम्बसका प्रबन्ध निर्देशक आनन्द बगारियाले, दायित्व फेलोसिप जस्ता कार्यक्रमले युवा र सरकारबीचको अर्थपूर्ण कुराकानीको ढोका खोल्छ जसले देशमा अझ प्रगतिशील युवा परिवर्तनहरू ल्याउन सक्छ उनले भने त्यस्तै, दायित्वका संस्थापक तथा अध्यक्ष डाक्टर पुकार मल्लले भने, दायित्व फेलोसिपले युवा, सरकार र निजी क्षेत्रबीचको सहकार्य र विश्वासलाई सुदृढ गर्दै देशलाई नवप्रवर्तन, सुशासन र आर्थिक समृद्धिको साझा यात्रामा परिचालन गरेको छ ।

एक दशकभन्दा लामो समयको प्रयास र अनुभवहरु मार्फत पोख्त दायित्व फेलोशिप नेपाली युवाहरुका लागि एउटा अतुलनीय अवसर हो । नीति निर्माणको प्रक्रियामा प्रत्येक्ष योगदान पुर्‍याउनुको साथै फेलोहरुले नेपाल सरकारको नजिक रहेर काम गर्ने सुनौलो अनुभव प्राप्त गर्दछन ।

प्रकाशित मिति: २०७९,आश्विन,१५,शनिवार १४:२८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १२९ रुपैयाँ ९८ पैसा रहेको छ ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले शाखारहित बैंकिङ सेवामार्फत कारोबार गर्दा सजगता अपनाउन निर्देशन दिएको छ । राष्ट्र बैंक अन्र्तगतको भुक्तानी

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैकिङ प्रणालीमा एक अर्ब ५३ करोड १५ लाख रुपैयाँ संस्थागत निक्षेप लगानीको लागि प्रस्ताव माग

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार दरका ४३ करोड थान बैंक नोट छाप्ने जिम्मा भारतीय सरकारी कम्पनीलाई दिएको छ

ताजा समाचार

बाजुरामा किन अझै शुरु भएन मतगणना ?
 २०७९,मङ्सिर,१५,बिहीवार ११:२३
सुत्केरीलाई पाँच हजार भत्ता
 २०७९,मङ्सिर,१५,बिहीवार ११:०८
अट्टाहस
 २०७९,मङ्सिर,१५,बिहीवार ११:०७
अर्जेन्टिना नकआउट चरणमा
 २०७९,मङ्सिर,१५,बिहीवार १०:३२