यी ६ गीत : जसले दसैँ आएको अनुभूति गराउँछन्

दसैँ बोकेर आउँने यी पाँच गीत

काठमाडौँ । जब–जब दसैँ नजिकिन्छ तब नेपाली फिल्म ‘मुग्लान’ मा समावेश गीत ‘दसैँ आयो’ घन्किन थाल्छ । यो गीतले हरेक नेपालीलाई दसैँ सम्झाउँछ, दसैँ आएको अनुभूति गराउँछ । जब दसैँ नजिकिँदै जान्छ तब घर—गाउँ, सहर–बजार जताततै बज्ने यो गीत जनजिब्रोमा छ ।

यद्यपि, महान पर्व दसैँ विशेष गीतहरु प्रर्याप्त मात्रामा नेपाली सांगीतिक बजारमा छैनन् भन्दा खासै फरक पर्दैन । हरेक वर्ष दसैँ लक्षित नयाँ गीत सार्वजनिक हुन्छन् तर, दर्शकमाझ जम्न भने सकेका छैनन् । यद्यपि, हरेक वर्ष दसैँमा केही पुराना सदाबहार गीत–संगीतले आफ्नो चर्चालाई निरन्तरता पाउने गरेका छन् । हो, यहाँ तिनै गीतको चर्चा गरिएको छ ः

दसैँ आयो 

चलचित्र मुग्लानमा समाहित गीत दसैँ आयोको चर्चा हरेक वर्ष हुने गर्दछ । लोकनाथ सापकोटाको शब्द, सुरेश अधिकारीको संगीत रहेको गीतमा उदीत नारायण झा, दीपा नारायण झा, नारायण लामा, जुना प्रसाइँ लगायतको आवाज रहेको छ । यो गीतलाई गीतका रचनाकार सापकोटाले मुग्लान चलचित्र भन्दा पहिले नै रेकर्ड गराएर पश्चिम नेपालका केहि रेडियोमा प्रस्तुतिका लागि दिएको बताएका छन् ।

रातो टीका निधारमा

चलचित्र अल्लारेमा समावेश गीतलाई लिएर चलचित्र बन्यो । अल्लारेमा समावेश उक्त गीतमा उमेश पाण्डे र रमाना श्रेष्ठको स्वर रहेको छ । तर, अहिले नयाँ चलचित्र रातो टीका निधारमा प्रमोद खरेल र मेलिना राईले त्यसलाई पुनः गाएका छन् । गीतमा सहदेव ढुंगानाको शब्द तथा शम्भुजित बाँस्कोटाको संगीत रहेको छ ।

https://www.youtube.com/watch?v=UWPD5oc4EEY

 

दसैँ तिहार

गायक सुगम पोख्रेलको गीत दसैँ तिहार पनि हरेक दसैँमा अत्याधिक गुञ्जिने गीत मध्येको एक हो । यो गीतमा रवि श्रेष्ठको शब्द तथा गायक पोख्रेलकै संगीत रहेको छ । यो गीतले दसैँ र तिहार दुवैलाई झल्काउँछ ।

दसैँ नै हो कि

गायक योगेश्वर अमात्यको स्वर रहेको गीत ‘दसैँ नै हो कि यो मरो दशा’ बोलको गीतले पनि रहेक वर्षको दसैँमा सञ्चार माध्यम देखि विभिन्न कार्यक्रममा समेत स्थान पाउने गरेको छ । पप रक शैलीको गीत बालबच्चादेखि बुढापाकासम्मले यो गीतलाई रुचाएको पाइन्छ । प्रायः बुढापाकाहरुले पप रक शैलीका गीतहरु मन पराउँदैनन् । तर, यो गीतमा भएका शब्दहरुले उनीहरुलाई तानेको हुनसक्छ ।

एपीएफ दसैँ

सशस्त्र प्रहरी बल (एपिएफ)ले निर्माण गरेको यो गीत पनि हरेक वर्षको दसैँमा अत्याधिक गुञ्जिने गीतहरुको सूचीमा पर्दछ । गीतमा दीपक कोइरालाको शब्द, गैरे सुरेशको संगीत तथा जगदीश समालको स्वर रहेको छ । एपीएफले निर्माण गरेको यो गीत राष्ट्र सेवक कर्मचारीहरुप्रति पूर्णरुपमा समर्पित छ ।

धानकै बाला

सशस्त्र प्रहरी बल (एपिएफ)ले नै निर्माण गरेको अर्को गीत हो–धानको बाला । जो हरेक वर्ष दसैँमा अत्याधिक गुञ्जिने गीतहरुको सूचीमा पर्दछ । बहुचर्चित गीत धानकै बाला झुलाउँला गीतलाई भने स्वर्गीय गायक जयनन्द लामाले गाएका हुन् । गीतमा लामाकै शब्द तथा संगीत रहेको छ । गायकीमा लामालाई बलराम कार्की, सरिता लामा र बाबा बस्नेतले साथ दिएका छन् । एपीएफले यही गीतको भाकालाई दसैँ विशेष शब्दहरुको मिश्रण गरेर केही परिमार्जन सहित प्रस्तुत गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?