सिभिल बैंकको १ सय २ औँ एटीएम चितवनको सौराहामा

लोकपथ
39
Shares

काठमाडौं । ‘समृद्धिका लागि सिभिल बैंक’ भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले चितवनको सौराहा चोकमा आफ्नो १ सय २ औँ एटीएम सञ्चालनमा ल्याएको छ ।

एटीएमको समुद्घघाटन रत्ननगर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष किरण महतो र होटेल व्यसायीसंघ सौराहाका अध्यक्ष दीपक प्रसाद भट्टराईले संयुक्त रुपमा गरेका हुन ।

उक्त एटीएमको उद्घाटन समारोहमा प्रमुख अतिथि रत्ननगर नगरपालिकाका वडा नम्बर ६का अध्यक्ष किरण महतो र होटेल व्यसायी संघ सौराहाका अध्यक्ष दीपक प्रसाद भट्टराईलगायत सो क्षेत्रका उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्तिहरु तथा सर्वसाधरणको उपस्थिति रहेको थियो ।

करिब आठ लाख ग्राहकहरुलाई १ सय १५ शाखाहरु र १३ एक्सटेन्सन काउन्टरहरु मार्पmत सेवा प्रदान गरिरहेको सिभिल बैंकको हालसम्म यस एटीएमसहित देशका विभिन्न १ सय २ ठाउँहरुमा एटीएम स्थापित गरि सञ्चालन ल्याएको छ ।

साथै, बैंकले गत आषाढ मसान्तसम्म ९६ अर्ब रुपैयाँ भन्दाबढी निक्षेप परिचालन गरी ८७ अर्ब रुपैयाँ भन्दाबढी कर्जा लगानी गरिसकेकोे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?