१५ मङ्सिर २०७९, बिहीवार

‘दसैँ फेस्ट’ को सम्पूर्ण तयारी पुरा, २० हजार दर्शकको अपेक्षा

२०७९,आश्विन,१५,शनिवार १३:०५

45
Shares

काठमाडौं । दस बर्षपछि काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन गइरहेको बर्ष कै सबैभन्दा ठुलो साङ्गीतिक कार्यक्रम ‘दसैँ फेस्ट’ को सम्पूर्ण तयारी पुरा भएको आयोजक कमिटीले जनाएको छ । दसैँको अवधिमा काठमाडौंमा चहलपहल बढाउन, सहरी युवा वर्गमा एकताको सन्देश दिँदै नेपाली कला तथा संस्कृतिलाई युवा पुस्तासँग जोड्न सघाउ पुर्‍याउने लक्ष्यसहित ‘दसैँ फेस्ट’ आयोजना गरेको आयोजक कमिटीका संयोजक श्री गुरुङले बताए ।

२० हजार दर्शकको अपेक्षा गरिएको ‘दसैँ फेस्ट’ मा द एज ब्याण्ड, नीतेशजंग कुँवर, वर्तिका एम राई, स्वप्न सुमन, भेक, यावेश, दोङ, त्रिशला गुरुङ, सुवानी मोक्तान र इलेमेन्टस् ब्याण्डलगायत कलाकारको साङ्गीतिक प्रस्तुति रहनेछ । साङ्गीतिक माहौलका साथै, उक्त फेस्टमा त्रिशारा, अक्टेभ , मोन्स्टर मिल, चिकेन स्टेसन, डल्ले, भेरा पिज्जा, ट्यामरीन्ड ग्रुप, बबल टी, पर्पल हेज, एड्रेस लाउन्जलगायत काठमाडौंमा चर्चित १५ रेस्टुराँहरूको स्टल रहनेछन् ।

फेस्टको टिकट दर प्रतिव्यक्ति १५ सय, २५ सय र ३५ सय तोकिएको छ । टिकट ई– सेवा , खल्ती , टिकट संसारबाट अनलाइनमार्फत काट्न सकिनेछ भने कार्यक्रम स्थलमा डोर सेलसमेत रहनेछ । कार्यक्रम शनिवार बिहान ११ बजे सुरु हुने र राति ८ बजे सम्पन्न हुनेछ ।

विगत २० वर्ष देखी काठमाडौंलगायत नेपालका प्राय सबै सहरहरूमा विभिन्न कन्सर्ट, सडक महोत्सवलगायतका विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै आइरहेको पार्टी नेपाल, आर्बीट्ररी ग्रुप, केटीएम लाइभ तथा अपट्रेण्डली मिडियाले संयुक्त रूपमा ‘दसैँ फेस्ट’ आयोजना गर्न लागेको हो ।

प्रकाशित मिति: २०७९,आश्विन,१५,शनिवार १३:०५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सूदुरपश्चिम प्रदेशको बझाङमा बीमा सचेतना सम्बन्धी विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । बीमा

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले पूर्वसहकर्मीहरुसँगको तस्वीर सार्वजनिक गरेकी छिन् । पूर्वमन्त्री समेत रहेकी झाँक्रीले एमाले नेताहरु

कैलाली । कैलाली क्षेत्र नम्बर ४ मा २५ हजार १ सय २५ मत गन्दा नेकपा (एमाले) का लेखराज भट्टले अग्रता

काठमाडौं । नेकपा एमालेका प्रदेशसभा उम्मेदवार नै पैसा बाँडेको आरोपमा पक्राउ परेपछि प्रहरी प्रभाग बुढानिलकण्ठमा तनाव उत्पन्न भएको छ ।

ताजा समाचार

बाजुरामा किन अझै शुरु भएन मतगणना ?
 २०७९,मङ्सिर,१५,बिहीवार ११:२३
सुत्केरीलाई पाँच हजार भत्ता
 २०७९,मङ्सिर,१५,बिहीवार ११:०८
अट्टाहस
 २०७९,मङ्सिर,१५,बिहीवार ११:०७
अर्जेन्टिना नकआउट चरणमा
 २०७९,मङ्सिर,१५,बिहीवार १०:३२