२१ मङ्सिर २०७९, बुधबार

महोत्तरी ट्राफिकको सक्रियता : आधा दर्जन सहायता कक्ष, दैनिक दुई सय सवारीसाधन कारबाहीमा

२०७९,आश्विन,१५,शनिवार १२:५८

0
Shares

महोत्तरी । जिल्ला ट्राफिक कार्यालय महोत्तरीले ट्राफिक नियम उल्लंघन गर्ने दैनिक २ सयभन्दा बढी सवारीसाधनलाई कारवाही गरेको छ ।

क्षमताभन्दा बढी यात्रु बोक्ने, तीव्र गतिमा दौडाउने, यात्रुमाथि अभद्र व्यवहार गर्ने जस्ता सवारीसाधनलाइ कारवाही गरिरहेको ट्राफिक कार्यालय महोत्तरीले जनाएको छ ।

जिल्ला ट्राफिक कार्यालयका प्रमुख उदय सिजापतिका अनुसार यात्रुहरुको साहयताको लागि आधा दर्जनभन्दा बढी सहायता कक्ष समेत स्थपना गरिएको छ ।

ञबिगतमा देखिएका समस्यालाइ मध्येनजर गरि यात्रु सहायता कक्ष स्थापना गरेका हौझ उनले भने, ञयात्रु सहायता कक्षको स्थापनाले अलपत्र यात्रु तथा विविध समस्या सावधान हुने बिस्वास लिएका छौ ।

ट्राफिक नियमको उल्लंघन गर्ने जोकोही पनि सजग रहन प्रमुख सिजापतिले यातायात व्यवसायीहरुलाइ आग्रह गरे ।
सहायता कक्ष जिल्लाका मुख्य राजमार्ग, हुलाकी सडक र भित्री सडकमा ब्यवस्थापन गरिएको छ । जिल्लामा अहिले १० वटा ट्राफिक युनिट छन् ।

प्रमुख सिजापतिले जिल्लाका १० वटै युनिटलाई निक्कै सक्रिय बनाएका छन् । प्रत्येक युनिटले दैनिक दिनको ३ पटकभन्दा बढी छडके चेक गरिरहेको सहायक कार्यालय प्रमुख होम भित्राकोटीले जानकारी दिए ।

प्रमुख सिजापतिले ट्राफिक प्रमुखको जिम्मेवारीमा आएदेखि ट्राफिक ब्यवस्थापनमा निक्कै परिवर्तन ल्याएका छन । ६ महिनाको अवधीमा नै उन्ले गौशाला नगरपालिकासँग समन्वय गरी ट्राफिक कार्यालयको आफ्नै भवन बनाएका छन् ।

जिल्ला ट्राफिक कार्यालय रहेको ठाउँ बर्दिबास नगरपालिकामा भने भाडामा बस्दै आएका छन् । ट्राफिक कार्यालयको आफ्नै भवनको लागि स्थानीय सरकार र सरोकारवाला निकायहरुलाइ अनुरोध गरिरहेको प्रमुख सिजापतिको भनाइ छ ।

प्रकाशित मिति: २०७९,आश्विन,१५,शनिवार १२:५८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले चक्रपथ विस्तारको कामलाई

काठमाडौं । खाद्यान्न बोकेर हुम्लाका लागि उडेको तारा एअरको जहाज चरासँग ठोक्किएको छ । बुधबार बिहान ११:३७ मा नेपालगन्जबाट हुम्लाको

बुटवल । बाँकेको नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसी र अर्थ सहकारी मन्त्री कृष्ण

म्याग्दी । म्याग्दीमा निर्माणाधीन २० ठूला विकास निर्माणका योजना अलपत्र परेका छन् । सङ्घीय र प्रदेश सरकारका यी योजनामा सडक,

ताजा समाचार