२१ मङ्सिर २०७९, बुधबार

रक्षक गौतमले छोडे आर्मी

२०७९,आश्विन,१५,शनिवार १२:५३

261
Shares

काठमाडौं । रक्षक गौतम श्रेष्ठले त्रिभुवन आर्मी फुटबल क्लब छोडेका छन् । राष्ट्रिय फुटबल टोलीका सदस्य समेत रहेका गौतमले आगामी सिजन आर्मीमा नरहने निर्णय लिएका हुन् ।

गत सिजन गौतम पहिलो पटक आर्मीको जर्सिमा ए डिभिजन लिग खेलका थिए । त्यस अघि उनी जावलाखेल युथ क्लबमा थिए ।

आर्मीमा अनुबन्ध भएसगै राइट ब्याक गौतमले एएफसी कपको प्रारम्भिक छनोट खेलेका थिए । यद्यपि, आर्मी दोस्रो चरणमा स्थान बनाउन असफल रह्यो । आर्मीमा रहदा गौतमले थुप्रै मोफसल उपाधि जितेका थिए ।

गौतमले व्यक्तिगत कारण आर्मी छोडेको बताएका छन्, ‘व्यक्तिगत कारण आर्मी छोडेको हो,’ गौतमले भने, ‘भविष्यको बारेमा अहिले केही टुंगो गरेको छैन ।’

११ असोजमा नेपाल र बंगलादेश मैत्रीपूर्ण खेल खेल्दा गौतम घाइते थिए । जसका कारण टोली बाहिर रहे ।

प्रकाशित मिति: २०७९,आश्विन,१५,शनिवार १२:५३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सन् २०१८ रसियामा भएको  विश्वकपमा इङ्ल्यान्डका ह्यारी केनले गोल्डेन बुट पाए। उनले रसिया विश्वकपमा ६ गोल गरेका थिए । यस

काठमाडौं । नेपालमा पहिलो पटक १८ वर्षमुनि (यू–१८) को महिला तथा पुरुष अन्तर्राष्ट्रिय रग्बी च्याम्पियनशिप हुने भएको छ । एसिया

कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ । मंगलबार राति अन्तिम प्रि-क्वाटरफाइनल खेलमा पोर्चुगलले स्विट्जरल्यान्डलाई हराएसँगै अब

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको अन्तिम प्रि-क्वाटरफाइनलमा पोर्चुगलले जित हात पारेको छ । लुसिल स्टेडियममा भएकाे खेलमा पोर्चुगलले

ताजा समाचार